महेन्द्रनगरमा कृष्ण लीला महोत्सव शुरु,प्रमुख कथाबाचक हरिशरण महाराज

  • भदौ १, २०७९
  • कालापानी मिडिया
alt

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरमा श्री कृष्ण लीला महोत्सव शुरुको छ । बुधबादेखि राधाकृष्ण मन्दिर संरक्षण समिति र लोक कल्याणकारी सेवा ट्रष्टको संयुक्त आयोजनामा दिव्य श्रीकृष्ण लीला महोत्सव शुरु भएको हो ।

कृष्णजन्माष्टमीको अवसर पारेर भीमदत्त नगरपालिका १८ बरपिपल चौराहमा रहेको राधाकृष्ण मन्दिरमा कृष्ण लीला महोत्सव सुरु भएको छ । उक्त महोत्सवको सुदूरपश्चिम प्रदेश सरकारका राज्यमन्त्री मान बहादुृरसुनारले उद्घाटन गरेका छन्। महोत्सव उद्घाटन गर्दै राज्यमन्त्री सुनारले परम्परागतदेखि चल्दै आएका धर्म संस्कृति संरक्षणका साथै धार्मिक पर्यटनमा जोडदिए ।

राधाकृष्ण मन्दिर संरक्षण समितिका अध्यक्ष तथा मुल आयोजक समितिका बरिष्ठ सयोजक ऋर्षिराम खरेलले पहिलो पटक दिव्य श्रीकृष्ण लीला महोत्सव आयोजना गरेको बताए । ‘हामी हरेक बर्ष श्रीकृष्ण जन्माष्टमी मनाउँदै आएका थियों, ‘उनले भने, ‘यस बर्ष कृष्ण भगवानको जिवनमा आधारिक महोत्सव नै आयोजना गरेका छौँ ।’

यसबाट गौ सेवाका लागि अक्षयकोष निर्माण, धार्मिक पर्यटन प्रर्बद्धन, समाजिक विकृती हटाउँदै मानिसलाई धार्मिक आत्मात्मिक विधीबाट थप उत्तरदायी बनाउने लक्ष्य उनले रहेको बताए । श्रीकृष्ण लीला महोत्सव मुल आयोजक समितिका सहसचिव राजेन्द्र केसीले धार्मिक महोत्सव सफल पार्नका लागि ११ उपसमिति मार्फत कामकाज अघि बढाईएको बताए ।

महोत्सवमा अन्तर्राट्रिय वैदिक संस्कृति प्रचारक हरिशरण महाराजबाट दैनिक प्रबचन दिईने छ । आरती, प्रशाद ग्रहण, शालिग्राम दर्शन जस्ता धार्मिक आध्यात्मिक कार्य गरिनेछ । अन्तर्राट्रिय वैदिक संस्कृति प्रचारक तथा महोत्सवका प्रमुख कथाबाचक हरिशरण महाराजले हिन्दुधर्म संस्कृति, कला, संस्कारको संरक्षणका साथै गौसेवा अक्षयकोष निर्माणका लागि महोत्सव फलदायी हुने बताए । धार्मिक महोत्सव ५ भदौँसम्म संचालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
गगन थापा भन्छन सहकार ...

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले उपप्रधानमन्त्री तथा गृहम ...

सनराइज सहकारीका कर्म ...

चितवन । भरतपुरबाट दक्षिण–पश्चिम गीतानगर र पटिहानीको बीचमा पर्ने थारू गाउँ बरौजीका २४ वर्षीय नि ...

देशका केही स्थानमा म ...

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीक ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved