भगवान शिवले किन गरेका थिए ताण्डव नृत्य

  • भदौ ९, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । तान्डव शब्द शिवसँग जोडिएको छ । ताण्डवको अर्थ उग्र तथा औद्वत्यपुर्ण क्रियाकलाप वा स्वच्छन्द क्रियाकलाप । ताण्डव भगवान शंकरद्वारा गरीएको अलौकिक नृत्य हो ।

शास्त्रअनुसार शिवजी लाई ताण्डवको नृत्यका प्रवर्तक मानिएको छ । तर अन्य ग्रन्थमा भने गणेश, भैरव, श्रीराम आदिलाई ताण्डवका प्रर्वतकको रुपमा उल्लेख गरिएको छ ।

रावणले।आफ्नो आराध्य शिवको स्तुतिमा ‘शिव ताण्डव स्तोत्र’को रचना गरेका थिए । रावणको भवन पुजन समाप्त भएपछि शिवजीले महिषासुरलाई मारेपछि दुर्गा माताले, गजमुखलाई पराजय गरेपछि गणेशजीले, ब्रह्माको पंचक मस्तकको छेदबाट आदिभैरवले तथा रावणको हत्याको समयमा श्रीरामले ताण्डव नृत्य गरेका थिए ।

शिवको ताण्डव नृत्यः भगवान शिवले दुई स्थितिमा ताण्डव नृत्य गर्दथे । पहिलो स्थिति उनी क्रोधित हुँदा बिना डमरुसँग तान्डव नृत्य गर्थे । ताण्डव नृत्य गर्दा उनी क्रोधमा आउथे र उनको तेस्रो आँखा खोल्थे । तेस्रो आँखा खोल्दा उनको अगाडी जो छ ती मानिस भष्म हुन्थे । अर्को जब कर्त हुन्थे, जहाँ डमरु बज्थ्यो उनी ताण्डव नृत्य गरिहाल्थे । यसको अर्थ आनन्दित हो । प्रकृतिमा आनन्दको वर्षा हुन्छ । यो समयमा शिव परम आनन्द लिएका हुन्थे । नटराज शिवको रुप हो, जब शिव ताण्डव गदर्थे त्यतिबेला उनको रुपलाई नटराज भनिन्थ्यो ।

अर्को मान्यता अनुसार शिवले ताण्डव नृत्य गरेर सृष्टिलाई भष्म गरेका थिए । त्यसपछि महाशिवरात्री चाडको रुपमा मान्न थालिएको हो । देवी पार्वतीले यो रातमा शिवको पुजा गरेर पुनः सृष्टिको रचनाको प्राथना गरेकी थिइन् । यसैले शिवलाई पुजाको रात्रि भनिएको हो । फेरी यहि रातमा भगवान शंकरले सृष्टि उत्पत्ति गर्ने इच्छाले स्वयंलाई ज्योर्तिलिंगमा परिर्वतन गरेका थिए ।

भगवान शिव जब हिमालयमा ज्ञान प्राप्त गर्दै थिए, ज्ञानको आनन्द लिदै उनी झुमेर नृत्य गरेका थिए । यस समयपछि नृत्यलाई ताण्डव नृत्य भन्न थालियो ।

शिवजीको साथ काली माता थिइन् । उनीबाट नै ताण्डव सिक्ने क्षमता शिवले राखेका थिए । पछि देवी पार्वतीले यो नृत्य बाणासुरको छोरीलाई पनि सिकाएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
गगन थापा भन्छन सहकार ...

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले उपप्रधानमन्त्री तथा गृहम ...

सनराइज सहकारीका कर्म ...

चितवन । भरतपुरबाट दक्षिण–पश्चिम गीतानगर र पटिहानीको बीचमा पर्ने थारू गाउँ बरौजीका २४ वर्षीय नि ...

देशका केही स्थानमा म ...

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीक ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved