मनसुन फेरि सक्रिय : देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना

  • भदौ ११, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । मनसुन फेरि सक्रिय भएको छ । अबको एकरदुई नै देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बदली र वर्षाको सम्भावना रहेकाले आज बाबुको मुख हेर्न आवतजावत गर्नेहरुलाई छाता तथा बर्सादी बोक्न मौसमविद्ले आग्रह गरेका छन् । अहिले लुम्बिनी प्रदेशमा मौसम सामान्यदेखि पूर्ण बदली रहेर केही ठाउँमा मध्यम वर्षा भइरहेको छ । त्यस्तै गण्डकी प्रदेशका थोरै ठाउँ तथा प्रदेश-१ र कर्णाली प्रदेशका एकरदुई ठाउँमा पनि हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो पनि प्रदेश-१, मधेस प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही ठाउँमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज बेलुका काठमाडौं उपत्यकामा पनि पानी पर्ने सम्भावना छ । मनसुन सक्रिय हुने र पानी पर्ने भएकाले केहीदिनदेखि बढेको गर्मी घट्नेछ । कतै एकैछिन घाम लाग्ने अनि त्यसपछि बादल लाग्ने र पानी पर्नेक्रम भइरहने मौसमविद् वरुण पौडेलले जानकारी दिए।

आजराति पनि देशभरको मौसम सामान्यदेखि पूर्ण बदली रहने पूर्वानुमान गरिएको छ । प्रदेश-१, मधेस प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै ठाउँमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश-१, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै ठाउँहरुमा आजराति मेघ गर्जन र चट्याङसहित ठूलो पानी पर्ने सम्भावना छ । अहिले मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ रहेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
गगन थापा भन्छन सहकार ...

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले उपप्रधानमन्त्री तथा गृहम ...

सनराइज सहकारीका कर्म ...

चितवन । भरतपुरबाट दक्षिण–पश्चिम गीतानगर र पटिहानीको बीचमा पर्ने थारू गाउँ बरौजीका २४ वर्षीय नि ...

देशका केही स्थानमा म ...

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीक ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved