देशका धेरैजसो ठाउँमा वर्षा, सुदूरपश्चिमका केही ठाउँमा बाढी

  • भदौ २५, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । अहिले देशका धेरैसजो ठाउँमा पानी परिरहेको छ । विशेषगरी सुदूरपश्चिम प्रदेशका धेरैजसो ठाउँमा रातिदेखि नै ठूलो पानी परिरहेको मौसमविद् वरुण पौडेलले जानकारी दिए । उनका अनुसार गए रातिदेखि नै डडेल्धुरा, बाजुरा, डोटी, कञ्चनपुरलगायतका ठाउँमा ठूलो पानी परिरहेको छ ।

पछिल्लो ६ घण्टामा डडेल्धुरामा ८० मिलिमिटर पानी परेको छ । यस्तै बाजुरामा ३५ मिलिमिटर र ताप्लेजुङमा ६६ मिलिमिटर पानी परेको छ । मनसुनी वायु र भारतबाट आएको जलवाष्पयुक्त हावाको प्रभावका कारण केही दिनयता लगातारजस्तै पानी परेको छ ।

आज दिउँसो पनि मधेस प्रदेश र प्रदेश १ बाहेक बाँकी सबैजसो ठाउँमा पानी पर्ने सम्भावना रहेको उहाँले बताउनुभयो । दिउँसो केहीबेर घाम लागेर मौसम खुले पनि त्यसपछि फेरि पानी पर्ने सम्भावना छ । आज राति पनि सुदूरपश्चिम प्रदेश, लुम्बिनी र बाग्मतीका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।

यसैबीच ठूला पानी परेका ठाउँमा बाढीको जोखिम भएकाले सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । पछिल्लो तीन–चार घण्टामा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी परेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको हो ।

डडेल्धुराको गैबन्दे, कञ्चनपुरको केही क्षेत्र र दैलेखको ग्वाँटी आसपासको क्षेत्रमा ठूलो पानी परेकाले यी ठाउँ भएर बग्ने नदी तथा खोलामा बाढीको जोखिम भएको हुँदा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको हो । लोहोरेखोला, रंघुन, चौधरलगायतका साना नदीहरूमा आकस्मिक बाढी आउने सम्भावना भएकाले नदी तटीय क्षेत्रमा र पहिरो जानसक्ने भिरालो जमिनमा बस्ने नागरिकलाई आज बिहान ९ बजेसम्म नै उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
गगन थापा भन्छन सहकार ...

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले उपप्रधानमन्त्री तथा गृहम ...

सनराइज सहकारीका कर्म ...

चितवन । भरतपुरबाट दक्षिण–पश्चिम गीतानगर र पटिहानीको बीचमा पर्ने थारू गाउँ बरौजीका २४ वर्षीय नि ...

देशका केही स्थानमा म ...

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीक ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved