देशभर फलिएको डेंगुले महामारीको रुप लिँदै

  • आश्विन १०, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । मुलुकभर देखिएको डेंगु प्रकोपले महामारीको रुप धारण गरेको छ । हालसम्म देशभर २२ हजार ९ सय ८८ जनामा डेंगु संक्रमण देखिएको छ । यो संख्या पछिल्लो १८ वर्ष यताकै उच्च हो । डेंगुबाट ज्यान जाने क्रम पनि जारी छ ।

नेपालमा वि.सं.२०६१ सालमा पहिलो पटक एक जनामा डेंगु संक्रमण देखिएको थियो । त्यस यता वार्षिक बढ्दै सन् २०१९ मा १७ हजार ९ सय ९२ जनामा डेंगु संक्रमण देखिएको थियो । त्यतिबेला ६८ जिल्लामा डेंगु फैलिएको थियो भने ५ जनाको मृत्यु भएको थियो । यस पटक भने डेंगुबाट २९ जनाको मृत्यु भइसकेको सरकारी तथ्यांकमा उल्लेख छ ।

मुस्ताङ बाहेक देशका ७६ वटै जिल्लामा डेंगु संक्रमण भइसकेको छ । सबैभन्दा बढी संक्रमण वाग्मती प्रदेशमा छ । बाग्मतीमा १७ हजार ७ सय ३१ जनामा संक्रमण पुष्टि भएको छ । लुम्बिनी प्रदेश २ हजार ८ सय २१, सुदुर पश्चिम ७७७, प्रदेश नंम्बर १ मा ५९१, गण्डकी ५१५, मधेश ३२३ र कर्णाली प्रदेशमा २३० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सरकारले भने डेंगु संक्रमणको शुरुवाती चरणमा सार्वजनिक सूचना मात्रै जारी गरेर झारा टार्ने टार्दै आएको थियो । स्थानीय सरकारहरुले पनि डेंगु विस्तारका लागि गर्नुपर्ने पूर्व सावधानी नगर्दा महामारीको रुप लिएको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
कोरोना खोप लगाउनेमा ...

लण्डन । कोरोनाकालमा एस्ट्राजेनेकाले बनाएका खोप लगाउने सुरक्षित छन् त? बेलायती कम्पनी एस्ट्राजेनेकाले ...

इमानदार भएर संगठन वि ...

कपिलवस्तु । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमालेका कार्यकर्तालाई इम ...

युक्रेनका थप दुई गाउ ...

मस्को । रुसले युक्रेनका थप दुई सीमावर्ती गाउँ कब्जा गरेको बुधबार बताएको छ । यसमा दुई वर्षअघि आफ्ना ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved