यसवर्षको मनसुन बाहिरियो : प्राकृतिक विपदमा परेर २ सय ३९ जनाको ज्यान गयो

  • आश्विन ३०, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । यसवर्षको मनसुन बाहिरिएको छ । यसपालि छिटो गरी सुरु भएको मनसुन ढिलो गरी बाहिरिएको हो ।

सामान्यतया जुन १२ तारिखमा मनसुन भित्रिएर अक्टोबर २ तारिखमा बाहिरिने भनिए पनि यसपालि जुन ११ तारिख अर्थात जेठ २८ गते नै मनसुन भित्रिएको थियो । यस्तै, अक्टोबर १६ तारिख अर्थात आज बल्ल मनसुन बाहिरिएको मौसमविद्ले बताएका छन् । मनसुन बाहिरिएको औपचारिक घोषणा हुन भने बाँकी छ । हिजो प्रदेश-१ बाहेकका प्रदेशबाट मनसुन बाहिरिएको थियो । यसपालि मनसुन सुरु हुँदै गर्दा र मनसुनको अन्त्यतिर धेरै वर्षा भयो । मध्य मनसुनमा खासै पानी पर्न सकेन ।

मनसुनको सुरुवातका तीन महिना जुन, जुलाई र अगस्टमा औसतभन्दा कम पानी परेको थियो । त्यसले रोपाइँसमेत प्रभावित हुन पुगेको थियो । त्यसपछिका महिनामा औसतमा वर्षा भएकोमा असोज तेस्रो हप्ता भने ठूलो वर्षा भएको थियो । यो वर्षाले पश्चिमी क्षेत्रमा धेरै नोक्सानी पुर्याएको छ । मानवीयसँगै धानबालीमा पनि क्षति पुगेको छ ।

 प्राकृतिक विपदमा परेर २ सय ३९ जनाको ज्यान गयो

यसपालि बाढी पहिरोलगायत प्राकृतिक विपदमा परेर २ सय ३९ जनाको ज्यान गएको छ।

सबैभन्दा धेरै पहिरोका कारण मानवीय क्षति भएको छ । गएको वैशाख १ गतेदेखि अस्ति शुक्रवारसम्मको तथ्याङ्क अनुसार यसपालि पहिरोका ३ सय १७ घटना भएका छन् । त्यसमा परेर ९४ जनाको ज्यान गएको छ। १८ जना बेपत्ता भएका छन्।

यस्तै, बाढीका कारण १९ जनाको ज्यान गएको छ भने १५ जना बेपत्ता भएका छन् । ठूलो वर्षामा परेर ८ जनाको ज्यान गएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

यस्तै, यो अवधिमा परेको चट्याङ लागेर ८० जनाले ज्यान गुमाएका छन् । आगलागीका परेर २७ जनाको ज्यान गएको छ । यस्तै, हुरीबतासका कारण ९ र हिमपहिरोमा परेर २ जनाको ज्यान गएको प्राधिकरणको तथ्याङ्क छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
गगन थापा भन्छन सहकार ...

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले उपप्रधानमन्त्री तथा गृहम ...

सनराइज सहकारीका कर्म ...

चितवन । भरतपुरबाट दक्षिण–पश्चिम गीतानगर र पटिहानीको बीचमा पर्ने थारू गाउँ बरौजीका २४ वर्षीय नि ...

देशका केही स्थानमा म ...

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीक ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved