पश्चिमी वायुको प्रभाव : देशभर चिसो बढ्दै

  • कार्तिक ४, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । देशभर चिसो बढेको छ । पश्चिमी वायुको प्रभाव पर्न थालेसँगै देशभर चिसो बढ्न थालेको छ ।

केही दिन अघि बिहान र बेलुका मात्रै चिसो हुने गरेको भए पनि दुई तीन दिन यता दिउँसोको समयमा पनि चिसो हुन थालेको छ । मौसमविद् संजिव अधिकारीका अनुसार देशभरकै न्यूनतम र अधिकतम तापक्रम घट्ने क्रममा रहेको छ ।

उहाँका अनुसार पश्चिमी वायु सक्रिय रहेकाले दिउँसोको समयमा चर्को घाम लाग्न सकेको छैन । धेरैजसो ठाउँमा केहीबेर घाम लाग्ने र फेरि बदली हुने भइरहेको छ । यस्तै, हिमाली जिल्लामा हिउँ पर्न थालेकाले त्यसतर्फबाट बहने हावाले पनि चिसो बढाएको छ ।

जाडोयाम सुरु भइसकेकाले चिसो अझै बढ्दै जाने छ । आज पनि मौसम पूर्ण रुपमा खुल्ने सम्भावना नरहेको मौसमविद् अधिकारीले बताए । उहाँका अनुसार आज पहाडी क्षेत्रको मौसम आंशिक बदली हुने अनुमान छ । आज गण्डकी र लुम्बिनी प्रदेशका एक दुई ठाउँमा हल्का वर्षाको सम्भावना छ ।

मापन भएको मौसम अनुसार जुम्लाको न्यूनतम तापक्रम १ डिग्री सेल्सियसमा झरेको छ । त्यहाँको अधिकत तापक्रम १९ डिग्री सेल्सियस छ । यस्तै, जोमसोमको न्युनतम तापक्रम ३, जिरीको ७ दशमलव ९ र डडेल्धुराको न्युनतम तापक्रम ८ दशमलव ७ डिग्री सेल्सियस रहेको छ ।

त्यस्तै, काठमाण्डौको बिहानको न्युनतम तापक्रम १२ दशमलव ३ डिग्री सेल्सियस मापन गरिएको छ । अधिकतम तापक्रम भने आज २५ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
गगन थापा भन्छन सहकार ...

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले उपप्रधानमन्त्री तथा गृहम ...

सनराइज सहकारीका कर्म ...

चितवन । भरतपुरबाट दक्षिण–पश्चिम गीतानगर र पटिहानीको बीचमा पर्ने थारू गाउँ बरौजीका २४ वर्षीय नि ...

देशका केही स्थानमा म ...

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीक ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved