सुरेन्द्र कुर्मीको पक्षमा उर्लियो जनलहर, मतदाता भन्छन् : यस पटक जसपा–एमालेको जित हुन्छ

कुर्मीको घरदैलो तिव्रता

  • कार्तिक १९, २०७९
  • कालापानी मिडिया
alt

वीरगञ्ज, १९ कात्तिक : पर्सा क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टी र नेकपा एमाले बीच भएको गठबन्धनबाट प्रतिनिधी सभाका साझा उम्मेदवार बनेका सुरेन्द्र कुर्मीको घरदैलोले तिव्रता लिएको छ ।
आज क्षेत्र नं। २ अन्तर्गत पर्ने वडा नं। १० मा कुर्मीले घरदैलो गर्नुको साथै ¥याली पनि निकालेका थिए । घरदैलो र ¥यालीमा जसपा र एमालेका कार्यकर्ता बाहेक स्थानीय र काँग्रेसका कार्यकर्ताहरुको बाक्लो उपस्थिती रहेको थियो ।


लामो समयदेखि शोषणमा परेका जनताको वकालत गर्दै आएका कुर्मीले पछिल्लो समय उक्त क्षेत्रका जनता र सरिसवा ९श्रीर्सिया० सरसफाई अभिन्यताका रुपमा राम्रै कार्य गरेको पनि त्यहाँका वासिन्दाहरु बताउँछन् ।


घडिअर्वा टोलमा मत माग्न आएका कुर्मीलाई स्थानीय मतदाताहरुले अबीरको टिका र फुलमाला लगाएर जितको आशीर्वाद दिएको दृष्य पनि त्यहाँ हेर्न पाइएको जसपाका कार्यकर्ताले सुनाए । त्यसपछि घरदैलोका क्रममा मतदाताहरु पनि दुवै उम्मेदवारको पक्षमा नारा लगाउदै उक्त क्षेत्रको परिक्रमा गरेका थिए ।


कुर्मीले जनताको माझमा रहेर राजनीति गर्ने नेता भएको तथा दुखसुखमा साथ दिँदै आएकाहरु भएकाले यसपालि आफुहरुले जसपाका उम्मेदवारलाई मत दिने उनीहरुको भनाई रहेको थियो । उनका प्रतिद्वन्द्वी अजय चौरसियालाई यस भेगका जनताहरुले कुनै हालतमा पनि विश्वास नगर्ने पनि बताए ।


उहाँ ९चौरसिया० आफ्नो क्षेत्र नं। ३ मा जितेर पनि केहि विकास नगरेको र यसपटक उनी उक्त क्षेत्रबाट भागेर २ क्षेत्रमा लडेपनि उनीको पराजय निश्चित भएको पनि स्थानीय वासिन्दाहरुले प्रतिक्रिया दिए ।


मतदातासँगको भेटघाटमा दुवै उम्मेदवारले मधेस र देशका लागि जसपा–एमाले गठबन्धनलाई मत दिएर विजयी बनाउन आग्रह गरे । प्रतिनिधिसभा सदस्य उम्मेदवार कुर्मीले आफू पहिलो पटक चुनावी प्रतिस्पर्धामा आएकाले अरु जस्तो झुठा आश्वासन नबाड्ने बरु जनताले अवसर दिए क्षेत्र र जनताका लागि उदाहरणीय काम गरेर देखाउने वाचा गरे ।


चुनावी घरदैलो कार्यक्रममा वीरगन्ज १० का वडा अध्यक्ष सुशील साह कानु, एमालेका पर्सा इन्चार्ज प्रभु हजरा, एमालेबाट वडा अध्यक्षका प्रत्याशी अजय कुमार गुप्ताका साथै जसपा र एमालेका नेता कार्यकर्ताको सहभागीता थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
गगन थापा भन्छन सहकार ...

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले उपप्रधानमन्त्री तथा गृहम ...

सनराइज सहकारीका कर्म ...

चितवन । भरतपुरबाट दक्षिण–पश्चिम गीतानगर र पटिहानीको बीचमा पर्ने थारू गाउँ बरौजीका २४ वर्षीय नि ...

देशका केही स्थानमा म ...

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीक ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved