यस्तो छ कञ्चनपुर क्षेत्र नं.१ “ख” प्रदेश सभा सदस्यका उम्मेदवार धिरज विक्रम सिंहको घरदैलो

  • कार्तिक २६, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन मिति नजिकिए संगै विभिन्न दल तथा उम्मेदवारहरुले घरदैलो अभियानलाई तीव्रता दिएका छन् । मतदाता रिझाउन उनीहरु मतदाताकै घरआँगन पुगिरहेका छन् । सबैले आ आफ्नै प्रचारशैली अपनाएका छन् भने राप्रपाका युवा नेता कञ्चनपुर क्षेत्र नं.१ “ख” प्रदेश सभा सदस्यका उम्मेदवार धिरज बिक्रम सिंहले भने नयाँ शैली अपनाएका छन् ।

उनले मतदाताहरुलाई आफ्नो मासमा सहभागि हुनका लागि भनेका छैनन् बल्की घरदैलोमा पुगेर गोप्य मतको बारेमा प्रकाश पार्दै भोट माग्दै हिडेका छन् । म फलाना पार्टीको फलानालाई भोट नदिए कार्वाहीमा परिन्छकी भन्ने मनसाय बोकेका मतदाताहरुलाई भोटको महत्वका बारेमा बुझाई आफ्ना एजेण्डा र आफुले जिते गर्ने कार्यका बारेमा मतदातालाई रिझाउदै आएका छन्।

सिंहले यहाँका भाईबहिनीको खेलकुदमा भविश्य देखेकाले खैरीघाटमा खेलमैदानका लागि आफ्नो पहलमा जमिन व्यवस्थापन गर्न लागेको जनाउदै आफुले जिते पहिलो प्राथामिकता शिक्षा, स्वास्थ्य, खेलकुद, रोजगारलाई प्राथामिकतामा राखेको छन् ।

उनले आसन्न निर्वाचन युवाका लागि ऐतिहासिक अवसर भएको बताउदै आएका छन् । उनले अन्य पार्टीहरु र गठवन्धन भित्र राजनीतिक विचलन देखिएकाले यस पटक राष्ट्रिय प्रजातन्त्र पार्टीलेका उम्मेदवारलाई जिताउन आवहान गर्दै आएका छन् । पुराना नेताहरु स्वार्थमा लिप्त रहेकाले पुस्ताहस्तान्त्रण हुनुपर्नेमा सिंहको जोड छ ।
हेर्नुस सिंहको घरदैलोका केही तस्विरहरु :

314323717_1137293043825744_2631853586557828344_n 315371601_661830535621137_5350508421809648015_n 312965750_1934921533370466_1225644778737452145_n 315437325_1410128329395260_8859474648378841228_n 315215791_1164283557818734_5764805131772119084_n 315200721_1323246621846283_3753081736499038937_n

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
गगन थापा भन्छन सहकार ...

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले उपप्रधानमन्त्री तथा गृहम ...

सनराइज सहकारीका कर्म ...

चितवन । भरतपुरबाट दक्षिण–पश्चिम गीतानगर र पटिहानीको बीचमा पर्ने थारू गाउँ बरौजीका २४ वर्षीय नि ...

देशका केही स्थानमा म ...

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीक ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved