कर्णालीको भावी मुख्यमन्त्रीमा ७ जनाको चर्चा, कसको सम्भावना बलियो ?

  • कार्तिक २७, २०७९
  • कालापानी मिडिया
alt

कर्णाली । कर्णाली प्रदेशको आगामी मुख्यमन्त्रीको लागि ७ जनाको नाम चर्चामा आएको देखिएको यहाँका विश्लेषकहरूले बताएका छन्। चर्चामा रहेका नेताहरूमध्ये मुख्यमन्त्रीमा कसको सम्भावना बलियो बन्छ भन्ने चाहिँ मङ्सिर ४ गते हुने प्रदेशसभा निर्वाचनले तय गर्ने उनीहरुको ठम्याइ छ ।

निर्वाचन परिणामले कांग्रेस नेतृत्वको गठबन्धनबाट मुख्यमन्त्री बन्ने अवस्था देखिएमा यो प्रदेशको नेतृत्व कुन दलको भागमा पर्छ भन्ने अझै स्पष्ट छैन । कांग्रेसको तर्फबाट जुम्लाका ललितजंङ्ग शाही, जाजरकोटका राजिवविक्रम शाह र यसअघि मुख्यमन्त्री बनिसकेका हुम्लाका जीवनबहादुर शाहीको नाम मुख्यमन्त्री बन्न सक्ने नेताको रूपमा चर्चामा आइरहेको विश्लेषकहरूले बताएका छन्।

त्यस्तै नेकपा माओवादी केन्द्रको तर्फबाट विन्दमान विष्ट, र राजकुमार शर्मा मुख्यमन्त्रीको दाबेवारका रुपमा हेरिएका छन्। नेकपा एमालेको नेतृत्वमा प्रदेश सरकार बन्ने अवस्था आए यामलाल कँडेल र विजयकुमार शाहको नाम चर्चामा रहेको एकजना राजनीतिक विश्लेषकले बताए।

उनले भने, ‘कर्णालीमा केही स्वतन्त्र उम्मेदवार बनेका भएपनि उनीहरू मुख्यमन्त्रीको चर्चामा आउन नसक्ने सम्भावना छ।’ निर्वाचनमा कर्णालीका ७९ वटै स्थानीय तहमा उम्मेदवारहरू पुगेको भएपनि मदातामा भने त्यति उत्साह नदेखिएको उनले बताए। पछिल्लो समयमा मतदाताहरूमा राजनीतिक उत्साह भन्दा पनि वितृष्णा बढी देखिने गरेको उनको बुझाई छ ।

कर्णालीका १० वटा जिल्लामध्ये हुम्ला, जुम्ला, मुगु, कालिकोट, दैलेख, जाजरकोट, रुकुमपश्चिम र सल्यान जिल्लाका कैयन् मानिसहरू आगामी मंसिर ४ गते हुने संघ र प्रदेशसभा निर्वाच अघि पनि छिमेकी देश भारतमा गइरहेका छन् ।

रोजीरोटीको लागि समस्या भएका उनीहरूमा ‘मतदान गरेर के काम हुन्छ ? भन्ने वितृष्णा उत्पन्न भएकाले चुनाव नकुरिकनै भारततर्फ लागेको छन् । कर्णालीको प्रदेशसभामा ४० सदस्य निर्वाचित हुनेछन्। जसमध्ये २४ जना प्रत्यक्ष अनि १६ जना समानुपातिक प्रणालीबाट निर्वाचित हुनेछन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
गगन थापा भन्छन सहकार ...

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले उपप्रधानमन्त्री तथा गृहम ...

सनराइज सहकारीका कर्म ...

चितवन । भरतपुरबाट दक्षिण–पश्चिम गीतानगर र पटिहानीको बीचमा पर्ने थारू गाउँ बरौजीका २४ वर्षीय नि ...

देशका केही स्थानमा म ...

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीक ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved