मोरङ ३ मा त्रिपक्षीय भिडन्त, नायिका रेखा थापा भारी बन्दै

  • कार्तिक ३०, २०७९
  • कालापानी मिडिया
alt

अनुपमा जोशी

काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा मोरङ क्षेत्र नं ३ मा त्रिपक्षीय प्रतिस्पर्धाको अवस्था रहेको छ । सत्ता गठबन्धन र नेकपा (एमाले)का उम्मेदवारसँगै यहाँ नायिका रेखा थापाको उम्मेदवारीले चुनावी माहोल रोचक बनेको छ ।

ढकाल, शर्मा र थापाबीच मुख्य प्रतिस्पर्धा

विसं २०७४ को संसदीय निर्वाचनमा नेपाली कांग्रेसका सुनिलकुमार शर्मा र वाम गठबन्धनबाट एमालेका भानुभक्त ढकालबीच प्रतिस्पर्धा भएको थियो । ढकालले विजयी हुँदै ४२ हजार चार सय १३ तथा शर्माले ४० हजार पाँच सय छ मत प्राप्त गरेका थिए। ढकालसँग शर्मा एक हजार नौ सय सात मतान्तरले पराजित भएका थिए। तर, गत स्थानीय तहको निर्वाचनको परिणामलाई हेरेर यस पटक अनुमान लगाउन सकिने अवस्था छैन । नेपाली चलचित्र जगतकी चर्चित नायिकf रेखा थापाको प्रवेशले माहोल तातिएको छ। राप्रपाबाट उम्मेदवार बनेकी रेखा लामो समयदेखि घरदैलो र मतदाता भेटघाटमा व्यस्त हुँदा चुनावी माहोल रापिलो बनेर गएको हो।

यो क्षेत्रमा २०४८ सालदेखि बामपन्थी उम्मेदवारले जित्दै आएका थिए। यसपटक भने सुन्दरहरैँचाको सलकपुर घर भएकी रेखाको उपस्थितिले त्रिपक्षीय र रोचक प्रतिस्पर्धा हुने देखिन्छ। बेग्लाबेग्लै विशेषता र भिन्न क्षेत्रका उम्मेदवारका कारण यस क्षेत्रमा चुनावी चहलपहल बढेको छ। तीनैजना उम्मेदवार एकअर्कालाई आफूभन्दा फरक भन्दै मतदाता आकर्षित गर्न सक्रिय छन्।

अन्य उमेदवारलाई नायिका रेखा थापा भारी बन्दै

रेखा लामो समयदेखि आफ्नो क्षेत्रका मतदातामाझ पुगिरहेकी छन्। घरदैलोमा व्यस्त छिन्। उनको मतदाता आकर्षित गर्ने शैली पनि फरक छ। कहिले सीटी सफारी कुदाएर त कहिले युवाहरूमाझ क्यारेमबोर्ड खेलेर मत माग्दै हिँड्छिन्। उनीप्रति वृद्धवृद्धा र युवाको सद्भाव एवं सहानुभूति पनि उत्तिकै छ। उनको बलियो उपस्थिति भानुभक्त र सुनीलका लागि चुनौती हुने देखिन्छ । उनीप्रति देखिएको जनलहरले चुनावी परिणाम कता जाने हो भन्ने आकलन गर्नसक्ने अवस्था छैन। यसअघिका निर्वाचनमा मुख्य प्रतिस्पर्धीको चर्चा धेरै हुन्थ्यो। तेस्रो उम्मेदवार छायाँमा पर्ने गरेका थिए। तर, अहिले भानुभक्त र सुनील बीचको प्रतिस्पर्धामा प्रवेश गरेकी रेखाको चर्चा धेरै छ।

रेखा आफूलाई सधैँ चलचित्रमा देखिरहेका मतदाताभन्दा योजनाबद्ध रूपमा ग्रामीण क्षेत्र, सुकुम्वासी, दलित, विपन्न बस्ती, महिला, युवायुवतीलाई प्राथमिकतामा राखेर चुनावी प्रचार गरिरहेकी छन्। उनी वृद्धवृद्धामाझ नातिनी, महिला पुरुषहरू माझ छोरी बनेर आशीर्वाद थाप्छिन्। युवाहरूसँग दिदीबहिनी र युवतीसँग अँगालो हालेर दौंतरीको सम्बन्ध गाँस्छिन्। सुकुम्वासी बस्तीमा पुगेर आफू पनि सलकपुरमा ऐलानी जग्गामा घर बनाएको उदाहरण दिएर उनीहरूसँगै सुकुम्वासी हुनुको पीडा साटेर आत्मिय सम्बन्ध बनाउने कोसिस गर्छिन्।

नायिका थापा मोरङ–३ मा मतदाताले पनि आफुलाई साथ दिने बताउदै आएकी छिन् । जनताको सेवा गर्ने भावनाले नै चलिचित्र क्षेत्रलाई केही समयका लागि थाँती राखेर निर्वाचन लड्न आएको उनि बताउँछिन् । थापा नेपाली कांग्रेसको मत धेरै आउने र आफूले जित्ने दाबी गर्छिन् । मोरङ ३ मा उनको पक्षमा चुनावी माहोल पनि तातेको देखिन्छ । नेपाली सिनेमा जगतमा आफ्नो अभिनय कलाले सफल अभिनेत्रीको छाप बनाएकी रेखा सबैका लागि परिचित नाम भएकाले पनि उनको चुनावी अभियान प्रभावकारी देखिएको छ। उनको उपस्थितिले राजनीतिमा पनि बलियो प्रभाव जमाउने संकेत मिलेको छ। 

आफुले जित्ने सुनिलको दावी
यसअघि माओवादीको साथ पाएका भानुभक्तको आफ्नै पार्टी एमालेसमेत विभाजन भएर नेकपा (एकीकृत समाजवादी) बनेको छ। माओवादी र समाजवादीले कांग्रेस गठबन्धनलाई साथ दिएकाले यसपटक सुनील शर्मा बलियो उम्मेदवारका रूपमा देखिएका छन्।

आफ्नो शिक्षण अस्पतालमा सुलभ स्वास्थ्योपचार, चिकित्सा शिक्षा अध्ययनमा समेत क्षेत्रवासीलाई अवसर दिनुका साथै प्रत्यक्ष र परोक्ष रूपमा विकास निर्माणलगायतका समस्या समाधानमा साथ रहने गरेकाले उनको लोकप्रियता बढेको छ। ठाउँठाउँमा सुनीलले एम्बुलेन्स बाँडेका छन्।

सुनिल शर्मा भनेँ रेखा नयाँ भएको कारण अहिले उनको लागि अनुभव मात्र हुने बताउँछन् । ‘अहिले हामीलाई हलोको चुनौती छैन,शर्मा भन्छन्, रेखा जी आउनु भएको छ, यो पटक उहाँले संगठन बनाउनु हुन्छ, अर्को पटक प्रयास गर्नुहुन्छ ।’ ‘एमाले र कांग्रेसको मतको अन्तर भनेको करिब दुई तीन सयको हाराहारीमा छ, शर्मा भन्छन्, अब यो क्षेत्रमा माओवादी पनि थपिएकोले यहाँ करिब १२ हजार मतमा म अघि रहेको छु। प्रतिस्पर्धा एमाले र कांग्रेसको बिचमा नै हुने उनको ठम्याई छ । 

भानुभक्तसँग पराजित भएदेखि नै सुनील आफ्नो निर्वाचन क्षेत्र केन्द्रित बने। आफ्नो क्षेत्रमा निरन्तर सम्पर्क र सेवामा खटिएर राजनीतिक पकड बनाउने प्रयास गरे। तर,कांग्रेसबाट जयराज संयोक बागी उम्मेदवार बन्नु र रेखा थापाको उमेदवारी संगै उनलाई चुनौति थपिएको छ ।

भानभुभक्त प्रति मतदाता रुष्ठ
एमालेका उमेदवार भानुभक्त ढकालमाथि भने अघिल्लो चुनावमा निर्वाचित भएपछि आफ्नो क्षेत्रलाई बेवास्ता गरेको आरोप लागेको छ। उनी स्वास्थ्य तथा जनसंख्यामन्त्रीको जिम्मेवारीमा रहँदा कोरोना संक्रमण नियन्त्रण, रोकथाम तथा निदानका लागि प्रभावकारी काम गर्न नसक्नुका साथै उपकरण र खोप खरिदलगायतका विवादमा मुछिए। क्षेत्रवासीसँग गरेको बाचासमेत बिर्सिदिकाले पनि यो चुनाव उनका लागि चुनौतीपूर्ण बनेको छ।

भानभुक्तले अघिल्लो चुनावमा सुकुम्वासी समस्या समाधान गर्ने प्रमुख चुनावी मुद्दा बनाएका थिए। तर, समस्या समाधान नभएको भन्दै सुकुम्वासी समुदाय उनीसँग रुष्ट बनेका छन्। अघिल्लो चुनावमा जितेपछि सुरु गरेका अनेकौं विकासे योजना पूरा गर्न आफूलाई क्षेत्रवासीले जिताउने भानुभक्त बताउँछन्। उनले आफ्नो पार्टीले सुकुम्वासी समस्या समाधान आयोग गठन गरेर काम सुरु गरेको बताए। भने, यस कामले निरन्तरता पाइरहेकाले अब चाँडै यो समस्याले स्थायी समाधान पाउने ढकाल बताउदै आएका छन्।

तर, यस पटक भने माहोल फरक छ । जनताले परिवर्तन खोजेका छन् । नेताले सधैँ सुकुम्वासी समस्या समाधानको खोक्रा नारा दिएर चुनाव जित्ने गरेको र अब भने टाँढ्नेका जमाना गएको मतदाताहरुको भनाइ छ । महिलालाई कमजोर प्रतिस्पर्धीको रूपमा हेर्दै आएका प्रमुख राजनीतिक दलका उम्मेदवार र महिलालाई कमजोर ठान्ने सामाजिक सोचविरुद्ध अभिनेत्री रेखाको चुनावी अभियानले नै परिवर्तन गरिसकेको यस क्षेत्रका महिला उमेदवारहरु बताउदै आएका छन् । उनिहरु चुनावी परिणाम जस्तो आएपनि महिला, युवती, किसान, गरिब, मजदुर, सुकुम्वासीलगायतका मतदाताले रेखालाई आफ्नो नेता स्वीकारेको बताउँछन्।

३३ उम्मेदवार चुनावी मैदानमा

मोरङ क्षेत्र नं ३ मा सङ्घीय र प्रदेशमा गरी ३३ उम्मेदवार चुनावी मैदानमा छन् । उन्नाइस स्वन्तन्त्र उम्मेदवार छन् । नेमकिपाबाट ओमनारायण राजवतार, लोकतान्त्रिक समाजवादी पार्टीबाट भवन राई, हाम्रो नेपाली पार्टीबाट खगेन्द्रप्रसाद न्यौपाने, नेकपा ९माले० बाट उद्धिमबहादुर खड्का, मङ्गोल नेशनल अर्गनाइजेशनबाट विकेन्द्र राई, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट चन्द्रिकादेवी लिम्बू, नेशनलिष्ट पिपुल्स पार्टीबाट नारायण शर्मा, समाजवादी पार्टी नेपालबाट कमल लिम्बू र राष्ट्रिय स्वतन्त्र पार्टीबाट विकास उप्रेती चुनावी मैदानमा छन् ।

त्यसैगरी दिनेश चापागाईँ, जयराज संयोक, कृष्ण राई, पङ्कजकुमार भगत, गणेशबहादुर पोखरेल, इन्दिरा थापा, कमल राजवंशी, प्रकाश भट्टराई, शिवकुमार पौडेल, अरविन शाह, इन्द्रप्रसाद सुवेदी, चन्द्रकला खत्री, सुवास धिमाल, हिमप्रसाद मिश्र, बाबुराम सुवेदी, रेवतकुमार बस्नेत, सुरेश भण्डारी, धर्मप्रसाद न्यौपाने र जीवनाथ निरौला स्वतन्त्र उम्मेदवार छन् ।

क्षेत्र नं ३ प्रदेशसभा ९१० मा कांग्रेसबाट मानबहादुर लिम्बू, एमालेबाट दिलीपकुमार राई, राप्रपाबाट तीर्थबहादुर गुरुङलगायत सात जनाको उम्मेदवारी छ । प्रदेशसभा ९२० मा एमालेका ज्ञानेन्द्र सुवेदी, नेकपा ९एकीकृत समाजवादी०का लक्ष्मीकुमार श्रेष्ठ, राप्रपाबाट रमेश रिजाललगायत १३ जनाको उम्मेदवारी रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

सुन्दरहरैंचा नगरपालिका, बेलबारी नगरपालिका, कानेपोखरी गाउँपालिका र पथरी शनिश्चरे नगरपालिकाका चौविस वडा मिलेर बनेको यस निर्वाचन क्षेत्रमा एक लाख ३९ हजार आठ सय ३३ मतदाता छन् । प्रदेशसभा ९१० मा ७५ हजार तीन सय ९३ तथा प्रदेशसभा ९२० मा ७४ हजार दुई सय ४० मतदाता रहेको निर्वाचन अधिकृतको कार्यालय निर्वाचन क्षेत्र नं ३ का निर्वाचन अधिकृत रामहरि शर्मा काफ्लेले बताए। उक्त क्षेत्रमा ४८ मतदान केन्द्र कायम गरिएको छ ।

गत वैशाख ३० गते भएको स्थानीय निर्वाचनमा वडाध्यक्षले ल्याएको मत सङ्ख्या हेर्दा सत्ता गठबन्धनको मत बढी देखिएको छ । एकल मतमा भने एमाले थोरै अगाडि छ । सो निर्वाचनमा एमालेको ३७ हजार चार सय १० र जनता समाजावादी पार्टीको चार सय ६३ मत आएको थियो । जसपा–एमाले गठबन्धनमा ३७ हजार आठ ७३ मत देखिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०को दुई हजार एक सय २१ मत छ । कांग्रेसको ३६ हजार नौ सय १६, माओवादी केन्द्रको सात हजार तीन सय ७३ र एकीकृत समाजवादीको एक हजार आठ सय ५५ मत रहेको छ । सत्ता गठबन्धनको कुल मत ४६ हजार एक सय ४१ रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
देशका केही स्थानमा म ...

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीक ...

२०८१ साल वैशाख २८ ग ...

काठमाडौं । आज २०८१ साल वैशाख २८ गते शुक्रबार तदनुसार सन् २०२४ मे १० तारिख। वैशाख शुल्क पक्षको अक्षय ...

संघीय संसद्को बर्ख ...

काठमाडौं । बजेट अधिवेशन भनिने संघीय संसद्को बर्खे अधिवेशन शुक्रबार शुरु हुँदैछ। दुवै सदनको बैठक नया ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved