कञ्चनपुरमा मतदान शुरु

  • मंसिर ४, २०७९
  • कालापानी मिडिया
alt

कञ्चनपुर । कञ्चनपुरमा पनि मतदान शुरु भएको छ । निर्वाचन आयोगले तोके अनुरुप जिल्लाका सबै मतदाथ स्थलमा बिहान ७ बजेदेखि मतदान शुरु भएको छ । निर्वाचन अधिकृतको कार्यालयले निर्धारित समयमै मतदान शुरु भएको बताए । निर्वाचन अधिकृत कृष्ण प्रशाद नेपालले निर्धारित समयमै शान्तिपुर्ण तरिकाबाट मतदान शुरु भएको बताए ।

उनका अनुसार १ सय ३२ मतदान स्थलका ३ सय ४६ केन्दमा मतदान भईरहेको छ । ३ प्रादेशिक ६ प्रतिनिधी सभा सदस्य गरी ९ पदका लागि८० उम्मेदवार चुनावी मैदानमा छन । कञ्चनपुरमा ३ लाख, २५ हजार ९ मतदाता रहेका छन ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि जिल्लाको शान्ति सुरक्षा व्यवस्था समेत चुस्त पारिएको छ । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल प्रशाद अर्यालले निर्वाचनको शान्ति सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको बताए । ‘हामीले तीन घेरामा मतदान स्थलको सुरक्षा प्रबन्ध मिलाएका छौँ, ‘प्रमुख जिल्ला अधिकारी अर्यालले भने, ‘पहिलो घेराभित्र नेपाल प्रहरी म्यादी प्रहरी, दोस्रो शसस्त्र प्रहरी बल तेस्रोका सेना परिचालन गरेका छौँ ।’ सीमादेखि, मतदान स्थल, आवश्यक सबै क्षेत्रमा सुरक्षाकर्मी परिचालन भएको बताउदै प्रमुख जिल्ला अधिकारी अर्यालले सुरक्षा व्यवस्था पुर्ण मजबुत पारिएको बताए ।

सुरक्षा बेस, आवश्यक मोबाईल टोली, चारै सुरक्षा निकायविच समन्वय गरेर निर्वाचनलाई भयरहित बनाउनका लागि अहोरात्र खटिएको बताए । ‘चुनाव बिरोधी समुहमाथि समेत सुक्ष्य निगरानी गर्दै कुनैपनि प्रकारका चुनाव बिरोधी गतिबिधी हुन नदिन समेत प्रबन्ध मिलाएका छौँ, ‘प्रजिअ अर्यालले भने, ‘कञ्चनपुरमा निर्वाचन स्वच्छ, निष्पक्ष एव भयरहित वातावरण हुन्छ ।’ हिउँदे महिना भएकाले समयमै मतदान गर्न जान समेत प्रजिअ आर्यालले अपिल गरेका छन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
गगन थापा भन्छन सहकार ...

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले उपप्रधानमन्त्री तथा गृहम ...

सनराइज सहकारीका कर्म ...

चितवन । भरतपुरबाट दक्षिण–पश्चिम गीतानगर र पटिहानीको बीचमा पर्ने थारू गाउँ बरौजीका २४ वर्षीय नि ...

देशका केही स्थानमा म ...

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीक ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved