कञ्चनपुरमा पनि मतदान कार्य जारी,मतदाता उत्साहित

  • मंसिर ४, २०७९
  • कालापानी मिडिया
alt

कञ्चनपुर । कञ्चनपुरमा पनि मतदान कार्य जारी रहेको छ । आइतबार भइरहेको प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको मतदान कार्यक्रम सबै मतदान केन्द्रहरूमा बिहान सात बजेदेखि सुरू भएको थियो । मतदान कार्यक्रम साँझ पाँच बजेसम्म जारी रहने छ । क्षेत्र नम्बर १ मा ९९ हजार १ सय १० कुल मतदाता रहेका छन् । उक्त क्षेत्रमा ५२ वटा मतदान स्थलमा रहेका ११९ वटै मतदान केन्द्रमा मतदान भइरहेको छ । मतदाताहरू मतदानका लागि उत्साहित देखिएका छन् ।

निर्वाचन क्षेत्र नम्बर २ मा ४३ मतदान स्थलमा ११८ मतदान केन्द्रहरूबाट मतदान कार्यक्रम जारी छ । उक्त क्षेत्रमा एक लाख ५ हजार ५ सय ७७ मतदाता छन् । त्यस्तै, कञ्चनपुर क्षेत्र नम्बर ३ मा ९७ हजार ८ सय २२ कुल मतदाता छन् भने उक्त क्षेत्रमा ३७ मतदान स्थलमा १०९ मतदान केन्द्र निर्धारण गरी मतदान कार्य भइरहेको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि मङ्सिर १ गते राति १२ बजेदेखि मङ्सिर ४ गते राति १२ बजेसम्मका लागि नेपाल–भारत सीमा नाका समेत बन्द गरिएको छ । कञ्चनपुरको दक्षिणी र पश्चिमी सीमा भारतसँग जोडिएको छ ।

नेपाल प्रहरी, म्यादी प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना निर्वाचनको सुरक्षार्थ परिचालन भएका छन् । निर्वाचनलाई मर्यादित र भयरहित वातावरणमा सम्पन्न गर्न सबै संयन्त्र परिचालन गरिएको छ । मतदाताले सुरक्षित वातावरणमा ढुक्कसँग मतदान गर्न सक्ने गरी सुरक्षा व्यवस्था समेत कडा पारिएको कञ्चनपुर प्रशासनले जनाएको छ । प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा कञ्चनपुरका कुल ३ लाख २ हजार ५ सय ९ मतदाता मतदान गर्न योग्य छन् । प्रतिनिधि सभाका ३ र प्रदेश सभाका ६ निर्वाचन क्षेत्र रहेको कञ्चनपुर जिल्लामा १ सय ३२ मतदान स्थल र ३ सय ४६ मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
गगन थापा भन्छन सहकार ...

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले उपप्रधानमन्त्री तथा गृहम ...

सनराइज सहकारीका कर्म ...

चितवन । भरतपुरबाट दक्षिण–पश्चिम गीतानगर र पटिहानीको बीचमा पर्ने थारू गाउँ बरौजीका २४ वर्षीय नि ...

देशका केही स्थानमा म ...

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीक ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved