भीम रावलमाथि कारबाहीको माग

  • माघ ८, २०७९
  • कालापानी मिडिया
alt

धनगढी । राष्ट्रिय युवा संघ नेपालले नेकपा एमालेका नेता भीम रावलमाथि कारबाही गर्न माग गरेको छ । संघका अछाम जिल्ला कमिटी अध्यक्ष हेमन्त बिसीले नेता रावलले पार्टीलाई चुनाव हराउन भूमिका खेलेको भन्दै कारबाहीको माग गरेका हुन् ।
आइतबार धनगढीमा भएको राष्ट्रिय युवा संघ सुदूरपश्चिमको दोस्रो पूर्ण बैठक र शपथ ग्रहण कार्यक्रममा बिसीले रावलकै कारण अछाममा संगठन छिन्नभिन्न हुने अवस्थामा पुगेको आरोप समेत लगाए ।

उनले भने, ‘अछामबाट भीम रावललाई हामीले कति पटक भोट हालेर जितायौँ । पार्टीको उपाध्यक्ष बनाउँदै राष्ट्रिय स्तरको राजनीतिमा स्थापित गर्‍यौँ । तर चुनावमा रावलले समाजवादी र कांग्रेसलाई जिताउन भूमिका खेल्नुभयो । उहाँलाई कारबाही गरिनुपर्छ ।’
बिसीले रावलकै कारण राष्ट्रिय युवा संघका युवाहरूमा एकता हुन नसकेकाले कारबाही गरेमा एकता कायम हुने दाबी समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
कोरोना खोप लगाउनेमा ...

लण्डन । कोरोनाकालमा एस्ट्राजेनेकाले बनाएका खोप लगाउने सुरक्षित छन् त? बेलायती कम्पनी एस्ट्राजेनेकाले ...

इमानदार भएर संगठन वि ...

कपिलवस्तु । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमालेका कार्यकर्तालाई इम ...

युक्रेनका थप दुई गाउ ...

मस्को । रुसले युक्रेनका थप दुई सीमावर्ती गाउँ कब्जा गरेको बुधबार बताएको छ । यसमा दुई वर्षअघि आफ्ना ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved