राप्रपाले मिलायो अनलाइबाटै साधारण र सक्रिय सदस्य बन्ने तथा आर्थिक सहयोग गर्न सक्ने व्यवस्था

  • असार २९, २०८०
  • कालापानी मिडिया
alt

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले विद्युतीय माध्यमबाटै साधारण र सक्रिय सदस्य बन्ने तथा आर्थिक सहयोग गर्न सक्ने व्यवस्था मिलाएको छ ।

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित पत्रकार सम्मेलनमा अब काम नगरी नेता हुन नपाइने व्यवस्था गरिएको जानकारी गराइएको हो ।

एक वर्षभित्र सक्रिय सदस्यको संख्या दुई लाख पु¥याउने, ६ महिनाभित्र १६५ निर्वाचन क्षेत्रसम्म प्रशिक्षण कार्यक्रम सम्पन्न गर्ने, ६ महिनापछि भूगोलको जिम्मेवारी हेरफेर हुने, भूगोल केन्द्रित जिम्मेवारीमा रहेका नेताले आफ्नो दैनिक क्रियाकलाप विद्युतीय माध्यमबाट सचिवालयमा नियमित रुपमा पेस गर्नुपर्ने व्यवस्था लागू गरेको बताइएको छ ।

अध्यक्ष लिङदेनले जिम्मेवारीमा रहेका सबैका लागि एकबाट तीन सदस्यता अभियान सञ्चालन गर्ने, ६ महिनाभित्र पार्टीका सबै तहमा ३३ प्रतिशत महिलाको संख्या सुनिश्चित गर्ने, पार्टीको सबै तहमा ४० वर्षसम्मका युवाहरुको अनिवार्य सहभागिताको व्यवस्था मिलाउन केन्द्रीय कार्यसमितिमा ४० तथा कार्यसम्पादन समितिमा कम्तिमा ७ जना विभिन्न प्रक्रियाबाट अनिवार्य प्रतिनिधित्व गराइने, आगामी दिनमा विभिन्न तहमा उम्मेदवार बनाउँदा ५० प्रतिशत प्राइमरी छनोट प्रक्रिया अपनाउने निर्णय भएको जानकारी दिए ।

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
गगन थापा भन्छन सहकार ...

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले उपप्रधानमन्त्री तथा गृहम ...

सनराइज सहकारीका कर्म ...

चितवन । भरतपुरबाट दक्षिण–पश्चिम गीतानगर र पटिहानीको बीचमा पर्ने थारू गाउँ बरौजीका २४ वर्षीय नि ...

देशका केही स्थानमा म ...

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीक ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved