संविधान दिवसको अवसरमा राष्ट्रपतिबाट ६ सय ७० जना कैदीको सजाय मिनाहा

  • आश्विन २, २०८०
  • कालापानी मिडिया
alt

राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसका अवसरमा ६ सय ७० जना कैदीको कैद कट्टा गरी सजाय माफी मिनाहा गरेका छन् ।

मन्त्रिपरिषद्को सिफारिसका आधारमा राष्ट्रपति पौडेलले भोलि बुधवारदेखि लागू हुने गरी ६ सय ७० जनाको माफी मिनाहा गरेको राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले निकाल्नुभएको विज्ञप्तिमा ६ सय ७० जना कैदीको भुक्तान हुन बाँकी सजाय माफी गर्ने मन्त्रिपरिषद्को सिफारिसबमोजिम असोज ३ गतेदेखि लागू हुने गरी संविधान दिवस २०८० को अवसरमा माफी मिनाहा भएको उल्लेख छ ।
भोलि संविधान दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । संविधान दिवसका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
गगन थापा भन्छन सहकार ...

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले उपप्रधानमन्त्री तथा गृहम ...

सनराइज सहकारीका कर्म ...

चितवन । भरतपुरबाट दक्षिण–पश्चिम गीतानगर र पटिहानीको बीचमा पर्ने थारू गाउँ बरौजीका २४ वर्षीय नि ...

देशका केही स्थानमा म ...

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीक ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved