राजा ज्ञानेन्द्र शाहको भक्तपुरमा भव्य स्वागत, जनता आऊ राजा ल्याऊ भन्दै उर्लियो जनसागर (तस्वीरहरू)

  • आश्विन ७, २०८०
  • कालापानी मिडिया
alt

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले भक्तपुरस्थित तलेजु भवानीको दर्शन गर्नुभएको छ ।

आइतबार अपरान्ह ३ बजेर २० मिनेट जाँदा उँहाले तलेजु भवानी र भैरवनाथको दर्शन गर्नु भएको हो । साथै उहाँले भक्तपुर दरबार क्षेत्रको अवलोकन समेत गर्नु भएको थियो । भक्तपुरवासीको निमन्त्रणामा दरबार क्षेत्र पुग्नुभएका राजा शाहलाई भक्तपुरवासीले भव्य स्वागत गरेका थिए । राजा शाह त्यहाँ पुग्दा भक्तपुर दरबार स्वायकरमा भीड थामिनसक्नु थियो । सुरक्षाकर्मी र स्वयमसेवकलाई भीड व्यवस्थान गर्न हम्मे हम्मे परेको थियो ।

हात हातमा देशको झण्डा बोकेका जुनसुकै वर्गका सर्वसाधारण घामको परवाह नगरी घण्टौं लाइनवद्ध भएर राजालाई भेट्न कुरी बसेका उनिहरुले नेताले केही गर्न सकेनन् भन्दै अब राजा र राजसंस्था चाहिने बताए । उनिहरुले अब राजा र राजसंस्थाकालागि देशभर आन्दोलन गर्ने पनि बताए । सयौै राजा पाल्नु भन्दा एक राजा पाल्नु राम्रो हुने भन्दै उनिहरुले सबै राष्ट्रवादी शक्तिहरुलाई एक मोर्चा बनाएर आन्दोलनमा आउन पनि आह्वान गरेका छन् ।

उनिहरुले ‘हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ’ ‘राजसंस्था जिन्दावाद’, ‘राजा आऊ देश बचाऊ’ ‘जनता आऊ राजा ल्याऊ’ जस्ता नारा लगाएर राजा शाहको स्वागत र सम्मान गरेका थिए । जुन देशमा बढ्दो भ्रष्टाचार, बेरोजगारीलगायतका कारण राजनीतिक दलका क्रियाकलापप्रति बढ्दो वितृष्णा र राजसंस्थाप्रतिको आस्था भएको प्रष्ट देखिन्छ । भक्तपुरको मौलिक परम्परा झल्कने नृत्य प्रस्तुत गरिदा राजा शाहले अभिरुची पूर्वक अवलोकन मात्रै गर्नुभएन स्थानीय पसल पसलमा छिरेर अवलोकन समेत गर्नुभयो । राजाको यो व्यवहार देखेर स्थानीय पनि हर्षले विभोर भएका देखिन्थे । यतिमात्रै होइन राजा शाहले आफूलाई भेट्न आएका सर्वसाधारणको हात समातेर सदभाव समेत प्रकट गर्नुभएको थियो ।

तलेजु भवानी र भैरवनाथको दर्शन र दरबार क्षेत्रको अवलोकन पछि राजा शाहले नजिकै रहेको एक होटलमा त्याहाका नागरिकसंग भेटघाट तथा संवाद गर्नुभएको छ ।

 

2w 455 666 12 raja aaaaa gdraaaa sdd qwqq ggf sda

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
गगन थापा भन्छन सहकार ...

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले उपप्रधानमन्त्री तथा गृहम ...

सनराइज सहकारीका कर्म ...

चितवन । भरतपुरबाट दक्षिण–पश्चिम गीतानगर र पटिहानीको बीचमा पर्ने थारू गाउँ बरौजीका २४ वर्षीय नि ...

देशका केही स्थानमा म ...

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीक ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved