प्रधानमन्त्री कप : पुलिसद्वारा आर्मी १३ रनले पराजित

  • माघ ७, २०८०
  • कालापानी मिडिया
alt

भैरहवा । प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबमाथि १३ रनको जीत निकालेको छ । आइतबार रुपन्देहीको भैरहवास्थित सिद्धार्थनगर क्रिकेट रंगशालामा खराब मौसमका कारण ३३ ओभरमा छोट्याइएको खेलमा १ सय ४१ रनको लक्ष्य पछ्याउने क्रममा आर्मी ३२ ओभर २ बलमा १ सय २७ रनमा अलआउट अलआउट हुँदा पुलिसले जीत दर्ज गर्यो ।

योसँगै नेपाल पुलिसले प्रधानमन्त्री कपमा लगातार तेस्रो जीत निकालेको छ । त्रिभुवन आर्मी क्लब भने प्रतियोगितामा ४ खेलमा २ हार बेहोरिसकेको छ । पुलिसका बलर चम्किँदा आर्मीका शीर्ष तीन ब्याट्सम्यान खाता नखोली आउट भए । ओपनरद्वय इमराह शेख र सन्तोष कार्की तथा तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका सन्दीप राजाली शून्य रनमा आउट हुँदा पुलिसलाई सहज भयो । इमरानलाई पहिलो ओभरको अन्तिम बलमा सागर ढकालले बोल्ड गरे । त्यसपछि सन्दीपलाई पनि तेस्रो ओभरको चौथो बलमा सागरले नै बोल्ड गरेका थिए । सन्तोषलाई अर्को ओभरमा ललित राजवंशीको बलिङमा अर्जुन साउदले स्टम्प आउट गरे ।

आर्मीले ३ रनमा ३ विकेट गुमाएपछि नेपाली राष्ट्रिय टोलीका नियमित खेलाडी कुशल मल्ल र भीम सार्कीले खेललाई सम्हालेका थिए । भीम र कुशलले चौथो विकेटका लागि ८९ रनको साझेदारी पारी खेले । कुशल मल्ल ४८ बलमा ३ चौका र २ छक्का प्रहार गरी ३५ रन बनाएर २२अ ौं ओभरमा पेभेलियन फर्किए ।

भीम पनि २६ औं ओभरमा आउट भए । उनले ७६ बलमा ६ चौका प्रहार गर्दै ५२ रनको अर्धशतकीय पारी खेले पनि टीमले जीत निकाल्न सकेन । त्यसपछि बसिर अहमद र विवेक यादव एकपछि अर्को गर्दै क्रमशः शुन्य र २ रनमा आउट हुँदा आर्मी अप्ठ्यारोमा पर्दै गयो । आर्मीका कप्तान विनोद भण्डारी पनि धेरै समय क्रिजमा टिक्न सकेनन् । उनलाई ललित राजबंशीले १९ रनमा आउट गरे ।

सोमपाल कामी पनि तीन रन बनाएर राशिद खानको शिकार भए । यस्तै, रसिद खानले नै अन्तिम ओभरमा साहब आलमलाई आउट गरेर पुलिसको जीत सुनिश्चित गरे । बलिङतर्फ पुलिसका सागर ढकाल र ललित राजवंशीले समान ३–३ विकेट लिए भने रसिद खानले दुई विकेट लिन सफल भए । सागरले ७ ओभरमा २ मेर्डनसहित १४ रन मात्र दिए । दीपेन्द्रसिंह ऐरीले १ विकेट हात पारे ।

त्यसअघि आर्मीका तीव्र गतिका बलर सोमपाल कामीको घातक बलिङमा नेपाल पुलिस क्लबले आर्मीलाई मध्यम योगफलमा रोकेको थियो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पुलिस ३१ ओभर ४ बलमा अलआउट हुँदै १४० रन बनाएको थियो ।

आर्मीको जस्तै पुलिसको सुरुवात पनि खराब थियो । १७ रनमा सुरुवाती ३ विकेट गुमाएपछि पुलिस एक समय निकै समस्यामा थियो । ओपनर कुशल भुर्तेल सोमपाल कामीको पहिलो बलमा नै कट बिहाइन्ड भएर आउट भए । विकेटकिपर अर्जुन साउद २५ बलमा १० रन मात्र बनाएर आउट हुँदा त्यसपछि दिलिप नाथ पनि शून्यमा बोल्ड भए । तीनै विकेट सोमपालले लिएका थिए ।

ओपनर सुनिल धमला र आरिफ शेखले चौथो विकेटका लागि ७१ रनको साझेदारी गर्दै पुलिसको इनिङलाई बलियो बनाएका थिए । आरिफ ३४ बलमा तीन चौका प्रहार गर्दै १८ रनमा २३ औं ओभरमा आउट भए । त्यसपछि ब्याटिङमा आएका शंकर रानाले मात्र ५ रन बनाउन सके । ओपनर सुनिल धमलाले ३ चौका र २ छक्काका साथ ८० बलमा ५२ रन बनाएर पेभेलियन फर्किए । कप्तान दीपेन्द्रसिंह ऐरी पनि धेरैबेर क्रिजमा टिक्न सकेनन् । उनी १३ रन जोड्दा रन आउट भए । अलराउन्डर राशिद खानले १७ बलमा १३ रन बनाएर सोमपालको शिकार बने । त्यसपछि करण केसी १० रनमा साहब आलमको बलमा बोल्ड भए । अन्तिममा ब्याटिङ गर्न आएका ललित राजबंशी पनि पहिलो बलमा नै शाहबकै बलमा बोल्ड भए । सागर ढकाल ३ रनमा नटआउट रहे ।

आर्मीका लागि सोमपाल कामीले घातक बलिङ गर्दै ६ ओभरमा ३ मेर्डनसहित मात्र १२ रन दिएर ४ विकेट लिए । विवेक यादवले ७ ओभर बलिङ गर्दै ३७ रन दिएर र्२ विकेट लिए । शाहब आलमले पनि ६.४ ओभर बलिङ गर्दै २६ रन खर्चेर २ विकेट लिए । तीन खेलमा जीत हात पार्दै पुलिस अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । आर्मी चार खेलबाट ४ अंक जोडेर छैठौं स्थानमा छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
कोरोना खोप लगाउनेमा ...

लण्डन । कोरोनाकालमा एस्ट्राजेनेकाले बनाएका खोप लगाउने सुरक्षित छन् त? बेलायती कम्पनी एस्ट्राजेनेकाले ...

इमानदार भएर संगठन वि ...

कपिलवस्तु । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमालेका कार्यकर्तालाई इम ...

युक्रेनका थप दुई गाउ ...

मस्को । रुसले युक्रेनका थप दुई सीमावर्ती गाउँ कब्जा गरेको बुधबार बताएको छ । यसमा दुई वर्षअघि आफ्ना ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved