पिएम कप आज दुई खेल हुँदै, कर्णाली र त्रिभुवन आर्मी तथा लुम्बिनी र मधेश प्रदेशबीच प्रतिस्पर्धा

  • माघ १४, २०८०
  • कालापानी मिडिया
alt

काठमाडौँ । प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदै छन् ।

आज कर्णाली प्रदेश र त्रिभुवन आर्मी क्लब तथा लुम्बिनी प्रदेश र मधेश प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । कर्णाली र त्रिभुवन आर्मीबीचको खेल काठमाडौँको कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा बिहान सवा ९ बजे सुरु हुनेछ ।

जारी प्रतियोगितामा ७ खेलबाट ६ अंक जोडेको कर्णाली प्रदेश तालिकाको सातौँ स्थानमा छ । ६ खेलबाट ८ अंक बनाएको आर्मी चौथो स्थानमा छ ।

यस्तै, आजै बिहान सवा ९ बजे मूलपानी क्रिकेट मैदान लुम्बिनी प्रदेश र मधेश प्रदेश भिड्ने छन् । प्रतियोगितामा ६ खेल खेलिसकेको लुम्बिनी प्रदेश २ अंक जोडेर तालिकाको नवौँ स्थानमा रहँदा कर्णाली प्रदेश ८ खेलबाट १० अंकसहित तेस्रो स्थानमा छ ।

अहिलेसम्मका खेलमा नेपाली पुलिस क्लब ६ खेलबाट १२ अंकका साथ शीर्षस्थानमा रहँदा ९ खेल खेलेको बागमती १२ अंकका साथ दोस्रो स्थानमा छ । यस्तै, आफ्ना ८ वटै खेलमा हार बेहोरेको कोशी प्रदेश अंकविहीन हुँदै पुछारमा छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
कोरोना खोप लगाउनेमा ...

लण्डन । कोरोनाकालमा एस्ट्राजेनेकाले बनाएका खोप लगाउने सुरक्षित छन् त? बेलायती कम्पनी एस्ट्राजेनेकाले ...

इमानदार भएर संगठन वि ...

कपिलवस्तु । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमालेका कार्यकर्तालाई इम ...

युक्रेनका थप दुई गाउ ...

मस्को । रुसले युक्रेनका थप दुई सीमावर्ती गाउँ कब्जा गरेको बुधबार बताएको छ । यसमा दुई वर्षअघि आफ्ना ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved