धेरै आलु हुनेले मात्रै गतिलि बुहारी पाउने अनौठो प्रचलन

  • जेठ ११, २०७७
  • कालापानी मिडिया
alt

पर्वत । तपाईं पनि छोरीचेलीको विवाह गर्दै हुनुहुन्छ रु छोरी दिने घरमा के के सुविधा छन्, अनि सम्पत्ति कति छ भनेर हेर्नुहुन्छ होला । तर पर्वतको भोकसिङ्गमा छोरी दिनेले भने आलुको भकारी हेर्न थालेका छन् । जति धेरै आलु फलाउन सक्यो भोक्सङ्गवासीले उति नै गतिली बुहारी भित्रयाउने गरेका छन् ।
सदरमुकाम कुस्माबजारबाट दक्षिणपुर्वमा पर्ने भोकसिङ्गमा कृषकले आलुसँग धान साटेर वर्षभरि भात खाने भएकाले छोरी दिने आलुको भकारी हेर्न थालेका हुन् ।भोकसिङ्ग गाविसमा आलुमात्र उत्पादन हुने गर्दछ ।

जिल्लाको प्रमुख आलु उत्पादन पकेट क्षेत्रका रूपमा रहेको भोकसिङ्गका कृषकले वर्षमा १५ मुरीदेखि ३०० मुरीसम्म आलु फलाउने गर्दछन् । उत्पादन गरेको आलुसँग धानसँगै मकै, कोदो पनि साट्ने गर्दछन् । यतिबेला भोकसिङ्गमा आलु लिन आउनेको ताँती लाग्छ । छिमेकी बागलुङको जैदीबाट धान बोकेर आलु लिन आउने गर्छन । उनिहरुले रोजीरोजी धान दिन्छन्, धान हेरेर रोजीरोजी अरूले छोरी दिन्छन् भोकसिङ्गवासीलाई ।

th

तीन दशक पहिलेसम्म व्यावसायिक रूपमा आलु उत्पादन नहुँदा मकै र कोदो प्रमुख बाली रहेको थियो । कोदो र मकैमात्र फल्ने भएकाले छोरी माग्न जाँदा विवाहका लागि धेरै अभिभावकले छोरी दिन नमान्ने गरेको अनुभव सुनाउँछन् कृषक रुद्रबहादुर क्षत्री ।

भोकसिङ्गमा २०३५ सालपछि व्यावसायिकरूपमा आलु उत्पादन भएपछि ती दिन पूरै फेरिएका छन् । बीउका लागि आलु साट्न आउनेहरूले ल्याएको धान पनि छानेर लिन थालेका छन् । गुडुराजस्ता मीठो भात हुने चामल रोजीरोजी लिने गरेका छन् । नराम्रो धान देखेमा आलु छैन भनेर फर्काउने गरेका छौँ( अर्का कृषक केशनाथ उपाध्यायले भने । भोकसिङ्गमा आलु उत्पादन भएपछि यहाँको बीउ अन्यत्र पठाउनका लागि राष्ट्रिय कृषि अनुसन्धान कोषको सहयोगमा स्थानीय संस्था सोर्डर नेपालले बीज वृद्धि कार्यक्रमसमेत सुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्लास्टिकजन्य फोहर ...

काठमाडौं। काठमाडौं उपत्यकालगायतका स्थानमा वायु प्रदूषण बढेको पाइएपछि वातावरण विभागले ठोस तथा प्लास्ट ...

प्रधानमन्त्री ओलि आज ...

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार चीन भ्रमणका विषयमा सरोकारवालासँग छलफल गर्दैछन् । प ...

२७ करोड भारतीय रुपैय ...

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा ऋषभ पन्त २७ करोड भारतीय रुपैयाँमा बिक्री भएका छन्। यससँग ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved