जनताले अब अत्याचार सहँदैनन्

  • मंसिर ९, २०८१
  • कालापानी मिडिया
alt

प्रकाश रायमाझी, राजनीतिक विश्लेषक

केपी ओलीको जागरण अभियानले ४६ सालतिर मरिचमान श्रेष्ठले निकालेको पञ्च -यालीको झझल्को दिन्छ । सत्ता उन्मादमा रमाउने, कुशासन र भ्रष्टाचारको पर्याय बनेका व्यक्तिले जनतामा आशा जगाउने प्रयास गर्नु हास्यास्पद देखिन्छ ।

ओलीजस्ता नेताले पटकपटक विभिन्न काण्ड र आरोपसँग आफ्नो नाम जोडेर कीर्तिमान नै कायम गरेका छन् । तैपनि, उनी आफ्ना कर्तुतहरूबारे कुनै छानबिनको सामना गर्न तयार देखिँदैनन् । उदाहरणका लागि, बालुवाटार जग्गा काण्डमा मुख्य योजनाकार मीनबहादुर गुरुङ जस्ता देखिए पनि त्यसमा केपी ओली र एमालेजनको संलग्नता रहेका थुप्रै तथ्य बाहिर आएका छन् । बालुवाटारको सरकारी जग्गा माफियाहरूलाई हस्तान्तरण गर्ने प्रकरण होस् वा कानुनी शासनको धज्जी उडाउँदै गरिबन्धुको जग्गा माफियाको हातमा पु-याउने प्रपन्च होस्, त्यसमा तत्कालीन सरकारको प्रत्यक्ष भूमिका थियो । तर, आजसम्म यो काण्डमा वास्तविक अपराधीमाथि कुनै कारबाही भएको छैन । यस्तै, नेपालको ठूला परियोजनाहरूमा उनले गरेका निर्णयहरू पनि विवादास्पद छन् ।

हालै कम्बोडियामा उनका नाममा करोडौँ जम्मा भएको आरोप लागेको छ । उनी निकट नेताहरूको कम्बोडियामा भ्रमणलगायतका गतिविधिले पनि प्रश्नलाई अझ पेचिलो बनाएको छ । आरोप लाग्दैमा कोही दोषी ठहरिने होइन । तर, नैतिकता भएको नेताले आरोपको ओठे जवाफ फर्काएर मात्र पुग्दैन, जनताको चित्त बुझाउन छानबिनमा पनि सहयोग पु-याउनु पर्छ । विदेशमा पैसा लुकाएको, ठूला भ्रष्टाचारमा संलग्न भएको र देशलाई कङ्गाल बनाएको जस्ता गम्भीर आरोप ओलीमाथि लागेका छन् ।

पानामा पेपर्समा समेत नेपाली नेताहरूको नाम सार्वजनिक भएको थियो, जहाँ ओलीसँग नजिकका व्यापारीहरूको संलग्नता देखिएको छ । यस्तो अवस्थामा, सत्य के हो, यो नेपाली जनताले थाहा पाउनुपर्छ । राष्ट्रघातमा संलग्न हुने, अकुत सम्पत्ति जम्मा गर्ने र विदेशमा सम्पत्ति लुकाउने नेताहरूको सम्पत्ति राष्ट्रियकरण गर्नुपर्छ । यस्ता अपराधी नेताहरूलाई कडा दण्ड दिन सकियो भने मात्र देशले समृद्धिको बाटो समात्छ । खोक्रा भाषण, गुण्डागर्दी र डर देखाएर शासन गर्ने प्रवृत्तिको अन्त्य गर्न जरुरी छ ।

नेपाली जनता सीधा र सरल छन् । उनीहरूलाई आफ्नो दैनिक जीविकाका लागि नै कठोर संघर्ष गर्नुपर्छ । यस्तो अवस्थामा समेत राजनीतिक माफियाहरूले जनतालाई शोषण गर्न छाडेका छैनन् । कोभिड महामारीका बेला सरकारले पिपिई र औषधिहरू खरिद गर्दा समेत प्रशस्त अनियमितताले भएको थियो । जनताको स्वास्थ्यसँग खेलवाड भयो । थुप्रैले सास्ती भोग्नु प-यो तर त्यसका लागि जिम्मेवार कोही ठहरिएन । लोकतन्त्रका नाममा जनताका अधिकार खोसिने स्थिति आजको कटु सत्य हो । दलहरूले आन्तरिक शुद्धिकरणको अभियान चलाउनुपर्छ । सधैँ एउटै नेतालाई देवत्वकरण गरेर नेतृत्व सुम्पने, प्रतिस्पर्धात्मक राजनीतिलाई तहसनहस पार्ने र होनहार कार्यकर्तालाई दबाउने स्थितिको अन्त्य गर्नुपर्ने समय आएको छ । यस्ता दलाल नेताहरूले देशलाई निरन्तर बन्धक बनाइरहेका छन् । अब नेपाली जनताले बोल्नुपर्छ । दलभन्दा माथि उठेर देशको हितमा लाग्नुपर्छ ।

विश्वका कैयन् देशमा भ्रष्टाचारको आरोप लागेका नेताहरूलाई तत्काल छानबिन गरेर दण्डित गरिन्छ । यस कार्यमा अघि बढेका चीन, दक्षिण कोरिया लगायतका देश नै पछिल्लो समयमा विकसित मुलुकसँग काँधमा काँध मिलाएर हिँडने हैसियतमा पुगेका छन् । त्यहाँका जनताले भ्रष्टाचार सहन नगर्ने संस्कृति विकास गरेका छन् । नेपालमा पनि यस्तै परिपाटी सुरु गर्नुपर्छ । नेताहरूको खोक्रो भाषण सुनेर भ्रमित हुने होइन, तिनलाई जवाफदेही बनाउने समय आएको छ । भ्रष्टाचार, कुशासन र निरंकुश प्रवृत्तिको अन्त्य गर्दै जनताको जीवन स्तर सुधार्नुपर्ने आजको प्रमुख आवश्यकता हो ।

नेपाली जनताले अब अत्याचार सहन सक्दैनन् । समयले यस्ता भ्रष्ट नेताहरूलाई हटाएर देशलाई समृद्धिको बाटोमा डो-याउने नेतृत्वको माग गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
सांसद सुनिल शर्मा र ...

काठमाडौँ । प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले जापानको हाउस अफ काउन्सिल ...

रुसि आक्रमणको धम्की ...

एजेन्सी । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा नयाँ मध्यम दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेर पश्च ...

राजा शाह शुक्रबार बि ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह भोलि शुक्रबार बिहान बुद्धको जन्मस्थल लुम्बिनी प्रस्थान गर्ने हुनुभएक ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved