अहिले पनि हवाइ यात्रुका वार्षिक २ करोड लगेज हराउँछन् ?

  • मंसिर १, २०७६
  • कालापानी मिडिया
alt

बीबीसिी । त्यो क्षण सबैका लागि अत्यन्तै निराशाजनक हुन्छ , जब हामी उडान पूरा गरेर आफ्नो लगेज पर्खिरहेका हुन्छौँ तर सबैको हातमा ब्याग आइसक्दा पनि आफ्नो सामान कतै देखा पर्दैन । यसरी उडान उद्योगले लगेज अर्थात यात्रुहरुको सामान हराउने समस्यामा धेरै सुधार ल्याइसकेको दाबी गर्दै आएको छ तर अझैपनि वार्षिक करोडौँ ब्यागहरु हराउने गरेको पाइएको छ । लगेज ट्रयाक गर्न नयाँ प्रविधिहरु अपनाइरहँदा पनि एयरलाइन्सहरुको यस कुरामा ठूलो कमजोरी देखिएको हो ।

लगेज नभेटिनुको अनुभव वास्तवमै सबै यात्रुहरुका लागि अत्यन्तै पीडादायक हुने गर्दछ । यसरी प्राविधिक क्षेत्रमा विश्व यति अगाडि आइसक्दा पनि हाम्रो लगेजलाई सुरक्षित साथ गन्तव्यमा पुर्याउन विमान कम्पनीहरु असफल भइरहेका छन् ।

हवाइ उद्योगलाई आइटी उपकरण प्रदान गर्ने अन्राष्ट्रिय कम्पनी सिताले विश्वव्यापी लगेज व्यवस्थापनको निरीक्षण गर्ने गरेको छ , जसका अनुसार लगेजहरुको लापरबाहीको सङ्ख्या २००७ मा चार करोड ६९ लाखबाट २०१८ मा दुई करोड ४८ लाखमा झरेको छ । यसरी हवाइ यात्रुहरुको सङ्ख्या दोब्बर हुन पुगेको अवस्थामा यतिको सुधार ल्याउनुलाई राम्रो खबर मानिएको छ तर अझैपनि यस समस्याको पूर्ण समाधान भने हुन सकेन ।

यसरी लगेजको प्राविधिक तरिकाले निगरानी गर्ने ट्रयाकरमा एयरलाइन्सहरुको बढ्दो लगानीले नै सो उपलब्धी दिलाएको बताइएको छ । जस्तै अमेरिकी एयरलाइन डेल्टाले ‘रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन’, आरएफआइडी ट्यागको प्रयोग गर्ने गरेको छ जसमा रहेको बारकोड लेबल ब्यागमै रहिरहने हुँदा सो कोड विमानस्थल प्रणालीमा अटोमेटिक स्क्यान हुने गर्दछ । यस्तोमा कसैले जिम्मा नलिएका ब्याग फेला पार्न सजिलो भएको छ जसकारण ९९।९ प्रतिशत यात्रुहरुको लगेज सुरक्षितसाथ गन्तव्यमा पुग्ने गरेको डेल्टाको दाबी छ । यसरी अन्य एयरलाइन्सहरुले पनि आरएफआइडी ट्याग र मोबाइल स्क्यानरको प्रयोग गर्न सुरु गरिसकेका छन् ।

तरपनि कूल ४।३ अर्ब ब्यागमा २ करोड ५० लाख ब्याग अझै हराउने वा गलत स्थानमा पुग्ने गरेका छन् । यसको सबैभन्दा ठूलो कारण भनेको उडान ट्रान्सफर अर्थात अर्को एयरलाइनको प्रयोग गर्नुपर्ने अवस्थामा र विमानको तालिकामा ढिलाइ हुन पुगेमा पनि उडानको समय हाम्रो ब्याग विमानसँग कनेक्ट गर्न सक्दैन । त्यस्तै अर्को कारण भनेको कतिपय यात्रु आफैँले गलत ब्याग उठाउने गर्दछन् । त्यस्तै ब्यागको व्यवस्थापन गर्ने प्रणाली जटिल हुँदा पनि यस्तो समस्या हुन्छ । जस्तै प्रायः एयरलाइन्सको लगेज व्यवस्थापन स्वतन्त्र हुन्छ तर कतिपय विमानस्थलमा यो प्रणाली अन्य एयरलाइन्ससँग पनि जोडिएको हुन्छ जसले पनि लगेजको उचित व्यवस्थापनलाई कठिन बनाउँछ ।

लगेजका जानकारी इनकोड गर्ने ‘इन्टरनेस्नल एयर ट्रान्सपोर्ट असोसिएसन’, लाटा सन् १९८९ देखि सञ्चालन हुँदै आएको छ । त्यस्तै बारकोड रिडर प्रणालीको निर्माण पनि १९५० को दशकमा भएको थियो । तर अmझैपनि साना विमानस्थलहरुमा ती लेबल नियमित स्क्यान गरिँदैन । प्रविधि विक्रेता जेब्राले केही समय अगाडि मात्र ग्रिकका १४ विमानस्थलमा लगेज व्यवस्थापनका निम्ति २३० मोबाइल कम्प्युटर पठाएको बताएको छ जसले बारकोड स्क्यान गर्छ । यस्तोमा धेरै ठाउँमा अझै पेन र पेपरको प्रयोग भएको हुन सक्ने बताइएको छ । युरोपका साना विमानस्थलमा पनि यही समस्या धेरै देखिन्छ । उनीहरुका लागि नयाँ उपकरण र निरीक्षण प्रणाली स्थापना गर्नुको अर्थ अतिरिक्त खर्च बढाउनु हो । तर अर्कोतर्फ गलत गन्तव्यमा पुगेको लगेज वा हराएको लगेजको भर्पाइ गर्न पनि उत्तिकै समय र पैसा खर्च हुने गर्दछ ।

यसैकारण धेरै ठुला एयरलाइन्सहरुले लगेज व्यवस्थापनमा सुधार ल्याउनकै लागि अझ नयाँ र आधुनिक उपकरणहरुको परीक्षण गरिरहेका छन् र यसमा थुप्रै लगानी गरिरहेका छन् । जस्तै एयरलाइन एप मार्फत उडानको समयमा हाम्रो ब्याग कता छ भन्ने हेर्न सकिन्छ तर यसले ब्याग सुरक्षित अवस्थामा रहेकाबारे भने जानकारी गराउँदैन । अहिले साइबेरियन एयरलाइन, युनाइटेड र अमेरिकन एयरलाइन्सहरुले करोडौँ यात्रुका लागि यस्तो एपको सेवा प्रदान गरिरहेका छन् ।

सिताका अनुसार लगेज व्यवस्थापनमा युरोप सबैभन्दा खराब प्रदर्शन गर्नेमा परेको छ । जस्तै त्यहाँ वार्षिक प्रति एक हजार यात्रुमा ७ देखि ८ लगेजहरु असुरक्षित तरिकाले व्यवस्थित गर्ने गरेको पाइएको छ जुन एसियामा १।७७ मात्र रहेको छ । त्यस्तै लगेजमा नेटवर्क ट्याग लगाएर जिपिएस मार्फत पनि त्यसको स्थान पत्ता लगाउन सकिन्छ । तर चोरी भएका, हराएका र अन्तै पुगेका लगेजहरुको के हुन्छ त रु सिताका अनुसार केबल ५ प्रतिशत ब्यागहरु मात्र यस किसित्रमले अव्यवस्थित हुने गरेका छन् । यसरी कतिपय ब्यागहरु ‘लस्ट डिपार्टमेन्ट’ मा पुग्ने गर्दछन् र महिनौँसम्म पनि कोही नआए त्यसलाई अक्सनमा राखिने वा नष्ट गर्ने गरिएको छ । अमेरिकाको अलबामा स्थित ‘अनक्लेम्ड ब्यागेज सेन्टर’ ले विमानहरुमा लामो समयदेखि त्यसरी थन्किएका ब्यागहरु खरिद गरि तिनलाई नखोली विक्रीका लागि राख्ने गरेको छ । त्यसको वेबसाइटमा लेखिएको हुन्छ , ‘तपाईँले यसमा जे पनि फेला पार्न सक्नुहुन्छ । ’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्लास्टिकजन्य फोहर ...

काठमाडौं। काठमाडौं उपत्यकालगायतका स्थानमा वायु प्रदूषण बढेको पाइएपछि वातावरण विभागले ठोस तथा प्लास्ट ...

प्रधानमन्त्री ओलि आज ...

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार चीन भ्रमणका विषयमा सरोकारवालासँग छलफल गर्दैछन् । प ...

२७ करोड भारतीय रुपैय ...

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा ऋषभ पन्त २७ करोड भारतीय रुपैयाँमा बिक्री भएका छन्। यससँग ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved