इटहरी । छतको एक कुनामा भिन्डी र बैगुन छिप्पीनै लागेका छन् । त्यहीँ लाईनमा धनीया, पुदीना र रायो टिप्न ठिक्क भएका छन् । बिचमा लहरै लौका, घिरौला र बोडी । इस्कुस, फर्सी र घरतरुलको झ्याल फस्टाइरहेकोछ । त्यसैको हेरचाहमा लागीरहेकाछन् कृष्ण प्रसाद सापकोटा ।
इटहरी ६ का सापकोटाको घर बजार क्षेत्र भित्रै पर्छ । तिनै तरकारीले गर्दा उनको घर परैबाट प्रष्ट चिनिन्छ । हरीयाली बगौचा जस्तो देखीने उनको घर टोलभरीकै नमुना भित्रपर्छ । घरको छतमै तरकारी फल्न थालेपछी उनी मक्खछन् । आफुमात्र हैन छिमेकी लाई पनि त्यसैगरी तरकारी लगाउन उत्प्रेरणा दिन्छन् उनी । अहिले उनको कौसीमा व्यवसायीक खेतीकै झल्को दिने गरी तरकारी फलेका छन् ।
बिगत ५ बर्ष देखी कौशीखेती सुरु गरेका उनी अहिले तरकारीमा आत्मनिर्भर छन् । काठमाण्डौको बाँसबारीमा देखेको कौशी खेतीले उनको दैनीकीनै परीवर्तन भएकोछ । सिजन अनुसारका तरकारी संगै अंगुर, कागती, आँप लगायत फलफुल पनि फलाउछन् उनी । त्यसलाई उनी रिफ्रेसमेन्ट सेन्टरको रुपमा लिन्छन् उनी । कुनै तनाब भएको समयमा कौशीखेतीमा काम गर्दा धेरै रिफ्रेस हुने गरेको उनको अनुभव छ ।
बिगत ५ बर्ष देखी तरकारीमा आत्मनिर्भर भएको सुनाउँछन् सापकोटा । आफैले फलाएको तरकारी खान थालेपछी पैसा बचत हुने शरिरमा रोग नलाग्ने उनी बताउँछन् । पहिला औसधी सेवन गरीरहनुपर्ने अवस्था भएपनि अहिले त्यस्तो समस्या नभएको उनले भनाईछ ।
औसधी र तरकारीको खर्च जोड्दा मासीक १५ देखी २० हजारसम्म बचत हुने उनको विश्वासछ । जनु एक सामान्य परीवारको मासीक आम्दानी हो । ‘अहिले धेरै रोगहरु बिषादीयुक्त तरकारीको कारणले लाग्ने गरेका छन् ।,’ उनी भन्छन्, ‘तर सहरको हरेक नागरीकले छतमै तरकारी उत्पादन गर्नहो भने पुरै सहर स्वच्छ हुन्छ । सहर ग्रिनरी गर्ने बिषयमा पनि यसले ठुलो भुुमीका निर्वाह गर्छ ।’ अझ व्यवसायीक रुपमा टनेल हालेर धरै उत्पादन गर्न सकिने उनको तर्कछ ।
त्यसको लागी स्थानीय सरकारले थोरै प्रोत्साहन गरे हरेक सहरमा अर्गानीक सब्जी खुवाउन सकिने उनी सुझाउँछन् । हाल इटहरी उपमहानगरभित्र ४५ हजार घर धुरी छन् । त्यसमध्ये १५ हजार घर कौसीखेतीको लागी उपयुक्त छन् । एउटा परीवारमा सरदर ३ देखी ७ जनाको परीवार बसोबास गर्छ । यसरी हेर्दा इटहरीका ७५ हजार जनसंख्या कौसी खेतीबाट लाभाम्बीत हुने देखीन्छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved