कौशीखेती फोहोरलाई मोहोर बदल्ने अवसर

  • असार २५, २०७७
  • कालापानी मिडिया
alt

इटहरी । घरमा विशेषगरी भान्साबाट निस्कने फोहोरलाई (लसुन, अदुवा, आलुका बोक्रा, सागपात) संकलन गरेर छुटटै बाल्टिनमा राखेर कौशी खेत गर्न सकिन्छ । त्यही फोहोरलाई कुहाएर कम्पोष्ट मल तयार पार्न सकीन्छ । यो बिधीले उत्पादन बढाउने र फोहोरमैला व्यवस्थापनको सर्वोत्तम बिकल्प हुन सक्ने बताउँछन कृषि बिज्ञ डा.राजेन्द्र उप्रेती ।
शहरी क्षेत्रमा फोहोर उत्सर्जनको अनुपात दैनीकरु रुपमा बढीरहेकोले त्यसको व्यवस्थापनको सर्वाेत्तम विकल्प कौशीखेती भएको उनको भनाईछ । डा उप्रेती संगै सहमत छन् ठाकुर भन्छन्, ‘कुहीने फोहोरको व्यवस्थापन ठुलो चुनौती हुँदै गएको छ । तर त्यसलाई घरैमा कुहाएर मलको रुपमा प्रयोग गर्न सक्दा धेरै फाइदा हुन्छ ।’
त्यसको लागी गड्यौलाको प्रयोगबाट कम्पोष्ट मल बनाएर उपयोग गर्न सकिने उनको तर्कछ । यसले वातावरण प्रदुषण नियन्त्रण मात्र नभइ शहरी क्षेत्रमा हरियाली प्रर्बद्धन हुने र सफा तरकारी खान पाइने ठाकुरले बताए । पुराना भाडा, प्लास्टीकका बोतल, कार्टुन लगायत फोहोरलाई तरकारी रोप्ने काममा प्रयोग गर्न सकिने उनी बताउँछन् । यसले गर्दा ५० प्रतिशत फोहोर उत्सर्जनमा कमी आउने उनको बिश्वासछ ।
‘एउटा सामान्य परीवारको भान्सामा दैनीक सरदर १ देखी ३ केजी सम्म कुहीने फोहोर उत्पादन हुन्छ ।,’ उनले भने, ‘त्यही फोहोरलाई कम्पोष्ट मल बनाउने हो भने कुनैपनि रसायनीक मलको आवश्यकतानै पर्दैन । तर त्यसको लागी थोरै मेहनत गर्नुपर्ने हुन्छ ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्लास्टिकजन्य फोहर ...

काठमाडौं। काठमाडौं उपत्यकालगायतका स्थानमा वायु प्रदूषण बढेको पाइएपछि वातावरण विभागले ठोस तथा प्लास्ट ...

प्रधानमन्त्री ओलि आज ...

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार चीन भ्रमणका विषयमा सरोकारवालासँग छलफल गर्दैछन् । प ...

२७ करोड भारतीय रुपैय ...

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा ऋषभ पन्त २७ करोड भारतीय रुपैयाँमा बिक्री भएका छन्। यससँग ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved