कौशी खेती ः अर्गानीक उत्पादन स्वस्थ्य जीवन

  • असार २५, २०७७
  • कालापानी मिडिया
alt


इटहरी । कौशी खेतीबाट परिवारको इच्छाअनुसार स्वच्छ एवं ताजा तरकारी आपूर्ति हुन्छ । दैनिक रुपमा तरकारी तथा फलफूल किन्नको लागि पैसा र समयको अधिकतम बचत हुने देखीन्छ । बढ्दो महंगीले पारीवारीक खर्च बढ्दै गइरहेकोछ । कौशी खेतीमा गरेका कृष्ण सापकोटाको अनुभवलाई आधार मान्ने हो भने मासीक १० हजार सम्म बचत गर्न सकिन्छ । त्यससंगै ताजा तरकारीले शारीरीक तथा मानशीक स्फुर्तीमा समेत काम गर्न सक्ने उनको अनुभव छ । बिबिसी रिपोर्ट अनुसार सन् २०१७ मा एक बर्षको अवधिमा ५७० टन बिषादी नेपाल भित्रीएको थियो । त्यसमध्ये ८५ प्रतिशत बिषादी तरकारीमा मात्रै प्रयोग हुने सोही रिपोर्टमा उल्लेख गरीएकोछ । अन्य अन्नबालीमा बिषादी प्रयोग गरेको लामो समयपछी उपभोत्ता सम्म पुग्ने तर तरकारी अधिकतम १५ दिनभित्र उपभोक्ता समक्ष पुगीसक्ने हुँदा त्यसको असर बढी हुने रिपोर्टमा भनीएकोछ ।
कोसी अञ्चल अस्पतालका बरिष्ट फिजीसीयन डाक्टर दिपक सिग्देलका अनुसार अर्गानोफस्पोरस र कार्बोनेट समूहका बिषादी धेरै हानीकारक हुन्छन् । जसले थकान, रिंगटा लाग्ने, धमिलो देख्ने, वाक्कवाक्क लाग्ने, आँखा नाक पोल्ने, स्वास प्रश्वासमा कठिनाइ छाला चिलाउने जस्ता समस्या देखापर्ने उनको भनाईछ । यसको मात्रा बढि भएमा श्वस्थ्य स्थिती भयावह हुन सक्ने उनी बताउँछन् ।
घातक विषादीको प्रयोगले दम, एलर्जी तथा रोग प्रतिरोगात्मक क्षमतामा ह्रास ल्याउँछ । यसका अलावा स्नायुको विकास र व्यवहारमा विकृति, जन्म विकृतिदेखि क्यान्सरसम्मको सम्भावना हुने गरेको डा. सिग्देल बताउँछन् । त्यसमा पनि बालबालीका यसको उच्च जोखीममा हुने उनको उनको तर्कछ ।
‘विषादीले पहिलो त प्रयोगकर्तालाई र पछि उपभोक्ताई असर गर्छ,’ उनले भने, ‘केही पुराना विषादी लामो समयसम्म टिकीरहने हुनाले त्यसले स्वास्थ्यमा गम्भीर असर पार्ने गर्छ । ग्यास्ट्रिकदेखि क्यान्सरसम्मका रोग लाग्ने सम्भावना धेरै हुन्छ ।’
मानवस्वास्थ्य संगै पर्यावरणमा पनि बिषादीको प्रयोग घातक हुने देखीएकोछ । पुर्वाञ्चल इन्जीनियरीङ कलेज धरानका वातावरण विज्ञानका प्रोफेसर काजीराम कार्कीका अनुसार विषादीको प्रयोगले फुडचेनमा गम्भीर असर पुर्याउन थालेकोछ । जसको कारण विभिन्न कीट, विरुवा तथा जनावर दुर्लभ बन्दै गएको उनको तर्कछ । ‘पछील्लो समय भ्यागुतोको आवाज एकदमै कम सुनिन्छ । त्यस्तै पछिल्लो समय मौरीको संख्या पनि घटेको छ,’ उनले भने, ‘यी सबको पछाडि विषादीको असर छ । भ्यागुतो, मौरी जस्ता जीवहरु स्वच्छ ठाउँमा रहन्छन् । जसले कृषी उपज उत्पादनमा समेत सहयोग गरीरहेको हुन्छ ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दार्चुला पहिरो अपडेट ...

​दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका–१ स्थित भट्टारमा ठूलो पहिरो खस्दा चौलानी (चमेलिया) ...

दार्चुलाको अपि बेसक् ...

दार्चुला । प्रसिद्ध पर्यटकीय क्षेत्र अपि बेसक्याम्प जाने पैदल मार्गमा पर्ने भट्टाड गाउँ नजिकै ठूलो प ...

भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved