इटहरी । कौशी खेतीबाट परिवारको इच्छाअनुसार स्वच्छ एवं ताजा तरकारी आपूर्ति हुन्छ । दैनिक रुपमा तरकारी तथा फलफूल किन्नको लागि पैसा र समयको अधिकतम बचत हुने देखीन्छ । बढ्दो महंगीले पारीवारीक खर्च बढ्दै गइरहेकोछ । कौशी खेतीमा गरेका कृष्ण सापकोटाको अनुभवलाई आधार मान्ने हो भने मासीक १० हजार सम्म बचत गर्न सकिन्छ । त्यससंगै ताजा तरकारीले शारीरीक तथा मानशीक स्फुर्तीमा समेत काम गर्न सक्ने उनको अनुभव छ । बिबिसी रिपोर्ट अनुसार सन् २०१७ मा एक बर्षको अवधिमा ५७० टन बिषादी नेपाल भित्रीएको थियो । त्यसमध्ये ८५ प्रतिशत बिषादी तरकारीमा मात्रै प्रयोग हुने सोही रिपोर्टमा उल्लेख गरीएकोछ । अन्य अन्नबालीमा बिषादी प्रयोग गरेको लामो समयपछी उपभोत्ता सम्म पुग्ने तर तरकारी अधिकतम १५ दिनभित्र उपभोक्ता समक्ष पुगीसक्ने हुँदा त्यसको असर बढी हुने रिपोर्टमा भनीएकोछ ।
कोसी अञ्चल अस्पतालका बरिष्ट फिजीसीयन डाक्टर दिपक सिग्देलका अनुसार अर्गानोफस्पोरस र कार्बोनेट समूहका बिषादी धेरै हानीकारक हुन्छन् । जसले थकान, रिंगटा लाग्ने, धमिलो देख्ने, वाक्कवाक्क लाग्ने, आँखा नाक पोल्ने, स्वास प्रश्वासमा कठिनाइ छाला चिलाउने जस्ता समस्या देखापर्ने उनको भनाईछ । यसको मात्रा बढि भएमा श्वस्थ्य स्थिती भयावह हुन सक्ने उनी बताउँछन् ।
घातक विषादीको प्रयोगले दम, एलर्जी तथा रोग प्रतिरोगात्मक क्षमतामा ह्रास ल्याउँछ । यसका अलावा स्नायुको विकास र व्यवहारमा विकृति, जन्म विकृतिदेखि क्यान्सरसम्मको सम्भावना हुने गरेको डा. सिग्देल बताउँछन् । त्यसमा पनि बालबालीका यसको उच्च जोखीममा हुने उनको उनको तर्कछ ।
‘विषादीले पहिलो त प्रयोगकर्तालाई र पछि उपभोक्ताई असर गर्छ,’ उनले भने, ‘केही पुराना विषादी लामो समयसम्म टिकीरहने हुनाले त्यसले स्वास्थ्यमा गम्भीर असर पार्ने गर्छ । ग्यास्ट्रिकदेखि क्यान्सरसम्मका रोग लाग्ने सम्भावना धेरै हुन्छ ।’
मानवस्वास्थ्य संगै पर्यावरणमा पनि बिषादीको प्रयोग घातक हुने देखीएकोछ । पुर्वाञ्चल इन्जीनियरीङ कलेज धरानका वातावरण विज्ञानका प्रोफेसर काजीराम कार्कीका अनुसार विषादीको प्रयोगले फुडचेनमा गम्भीर असर पुर्याउन थालेकोछ । जसको कारण विभिन्न कीट, विरुवा तथा जनावर दुर्लभ बन्दै गएको उनको तर्कछ । ‘पछील्लो समय भ्यागुतोको आवाज एकदमै कम सुनिन्छ । त्यस्तै पछिल्लो समय मौरीको संख्या पनि घटेको छ,’ उनले भने, ‘यी सबको पछाडि विषादीको असर छ । भ्यागुतो, मौरी जस्ता जीवहरु स्वच्छ ठाउँमा रहन्छन् । जसले कृषी उपज उत्पादनमा समेत सहयोग गरीरहेको हुन्छ ।’
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved