देशले राजाको नेतृत्व खोजेको छ :- नेतृ गिरि

  • मंसिर १८, २०७७
  • कालापानी मिडिया
alt

समय सङै परिबर्तनको नाममा भैरहेकोगरेको पटक पटकको जनआन्दोलनले ल्याएको परिबर्तन दुइ तिहाई बहुमतले निर्बाचित सरकार बहुदलीय ब्यबस्था ,पन्चायती ब्यबस्था प्रजातान्त्रिक र संघीय गणतन्त्रको ब्यबस्थाहरुले गरेको परिबर्तन भन्नूनै कुर्सीकोलागी सिमित रहयो कुर्सीमा पात्र हरु फेरिरहे तर ब्यबस्था ब्यक्तिहरुको प्रवृत्ति फेरिन सकेन जो नेतृत्वमा रहन्छ उसैले भ्रष्टाचारी माफिया र दलालिको पेशालाइ संस्थागत गर्दै खरबौ कमिसन लियर अलिसान घर गाडी धनसम्पती मोज मस्ती बिदेश भ्रमणमा जस्तो ब्याक्तिगत स्वार्थ पूरा गरेको मात्रै आजको दिनसम्मको उदाहरणहरु हुन ।अबस्था परिबर्तन भयो तर प्रबिधि ब्यबस्था र प्रशासनहरु जनता मुखी हुन सकेन। परिबर्तनकै कुरा गर्दा हिजोको १० बर्षे जनयुद्धमा हुमिएका १७ हजार बुवा आमा दजुभाइ दिदिबहिनीको बलिदानले कस्तो खाले सर्बहारा बर्गको उथान भयो ? उहाहरुलाइ प्रश्न गर्न चहान्छु जो हिजो टुहुराभए अपाङ्गभए विदुवाभए बेसाहाराभए अनि घरबार बिहिनभए अनि त्यो लडाइँमा शरीरभरि छरुवा र गोलिअड्कायर उपचार गर्न नसकेर थलापरि रहेका दाजु भाइ दिदिबहिनीहरुलाई मेरो सद्भावपुर्न जिज्ञासा् छ हिजो सर्बहार वर्गसंघर्षको बेला लडाइँ गर्दै गर्दा आफ्नै नेतृत्वलाई गोलिठोक्न पाकोभए कस्तो आनन्द हुनेरहेछ जस्तो लाग्दैन ? कमजोरी त तपाई हाम्रै छ यहाँ अगाडी बढेको नेतृत्वले अहिलेको टेक्नोलोजी प्रबिधि र युवाहरुको अवस्थालाई बुझ्न नसक्ने बुझेकाहरुलाइ अगाडी बढ्न नदिने परिपाटीले ठुलो समस्य बल्झाइ रहेको छ। दक्ष र सक्षम जनशक्ति खाडि मुलुकको बगरमा रगत पसिना सिन्चितगर्न बाध्य छन बेरोजगारी र महङ्गिले चरम सिमा नाघेको छ दशौ हजार नेपाली नागरिकले आर्थिक अभाबको कारन आत्माहत्या गरिसकेका छन। युवाहरुको सीप क्षेमता र दक्षताको कुनै सम्बोधन नभएर बिदेश पलायन हुन बाध्य छ्न । दुइतिहाइको सरकार भएको मुलुकमा अपराधी बलात्कारि माफिया भ्रष्टाचारी र दलालहरुको संरक्ष र संस्थागत गर्नमा अन्तर्राष्ट्रिय स्तरमै प्रमुख भएको कुरा सर्बबिदितै छ ।
केही दिन अगाडीको विभिन्न जिल्लाहरुमा राष्ट्रिय झण्डाबोकेर निस्केको स्वोतन्त्र नागरिकहरुको आन्दोलनले अब राजालेनै राष्ट्र चलाउनपर्छ भनेर ६२/६३ को आन्दोलनले लिएको ब्यबस्था फेरि जनताले राजालाई नै फिर्ता दिनकोलागि सत्ताधारी राष्ट्रघाती र जनतामारा देश द्रोहीहरुको बिरुद्धमा निस्केको स्वोतन्त्र नागरिक आन्दोलन हो राजा ज्ञानेन्द्रले पटक पटक भन्दै आउनु भएको छ कि राजसंस्था चाहिन्छकि चाहिदैन त्यो जनताले निर्णयगर्नु पर्छ र जनताले चाहनुपर्छ भनिरहेका छ्न राजाको शासनहुदा त्याग र उदारता केहो राजा ज्ञानेन्द्रलाई हेर्नुस् नेपाल भन्ने राज्य स्थापनकाल देखीको राजगद्दी ६२/६३ को जनआन्दोलन हुदैगर्दा यो देश हाम्रो पू्र्खाले जनताको रगत पसिनाले आर्जेको मुलुकहो तेसैले जनताको नाशो जनातालाइनै दिन्छु भनेर राजगद्दी छडेर साधारण नागरिक भएर बस्नु भयो त्याग र जनता प्रतिको उदारता भनेको यहि हो !
अब बेलाभयो जनताले राजाको गद्दी फिर्ता गराउने उपयुक्त समय आयको छ यो परिस्थितिमा देशको समृद्धि र बिकाशका लागि आपसमा लडाइँ लडन जरुरी छैन। बैचारिक सिद्धांतले जित्नको लागि सबैमा सकारात्मक सोच र सामुहिक प्रयासको आबस्यक्ता छ। पद प्रतिस्ठा नै ठूलोकुरा हैन हिन्दूराष्ट्र संबैधानिक राजसस्था र सम्बर्द्धनबादको सिद्धान्त स्थापनाको निमित्त रास्ट्रवादी र प्रजातान्त्रिक शक्तिहरु बिचको एकता अहिलेको आबस्यक्ता हो । देश मा अहिले राज र युवाहरुको नेतृत्व अपरिहार्य छ र अहिलेको आन्दोलनको उदेश्य पनि यहि हो l
129725242_373571883874216_6152417159059590520_n

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved