गाउँमा पहिरो ९४ परिवार विस्थापित : डोजरे विकासले गाउँलेको उठीबास

  • असार १५, २०७८
  • कालापानी मिडिया
alt

बाजुरा । हिमाली गाउँपालिका क्युडी गाउँमा पहिरो गएको छ । गत साता देखि निरन्तर पहिरो जाँदा ९४ भन्दा बढी परिवार विस्थापित भएको हिमाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले बताए । पहिरोको जोखिम बढेपछि केही दिन यता स्थानीयहरू जरगाउँको चौरमा त्रिपाल टाँगेर रात बिताउन बाध्य छन् । बाजुराको सर्वाधिक विकट क्युडीकमा टेलिफोन सञ्चार पनि नहुँदा समयमा जानकारी नआएको अधिकृत भण्डारीले बताए । ढिलो गरी सूचना प्राप्त भए पनि मानवीय क्षति भने नभएको उनले जानकारी दिए ।

गाउँ तलबाट पहिरो जान थालेपछि गाउँका केही घर पूर्ण रूपले क्षति भएका छन् । अधिकांश घर र क्युडी गाउँको पुरै जमिन चर्केको छ । मान्छेलाई खाना भन्दा पनि तत्काल पालको आवश्यकता देखिएको नेपाल रेडक्रस सोसाइटी बाजुराका सदस्य एवं हिमाली गाउँपालिकाका रोजगार संयोजक बृखराज पाण्डेले बताए । त्रिपालको अभावमा चार–पाँच परिवारले सँगै रात काट्ने परेको छ पाण्डेको भने ।

“मेरो त पुरै घर भत्की सक्यो गाउँका सबै घर चर्के पछि गाउँमा ओत लाग्ने ठाउँ छैन , प्राण बचाउन चौरको बास बस्नुपरेको छ ” पहिरो पीडित ज्ञानी बुढाले भने । गाउनै बग्ने खतरा बढेपछि हामी सबैको उठीबास भयो बुढाले भने ।

जिल्ला प्रशासन कार्यालय बाजुराले भने आइतबार दिउसो बसेको जिल्ला व्यवस्थापन विपद् व्यवस्थापन समितिको भर्चुअल बैठकले जिल्लामा हाल सम्मको अवस्था विश्लेषण गर्दा मनसुनजन्य विपद्मा क्षति पुर्‍याएका स्थानमा राहत वितरण (उद्धार कार्य सन्तोषजनक रहेको पाईको निर्णय गरेको छ ।

“ हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर मल्ल सँगको सम्पर्क अनुसार सोमवार बिहान पचास थान त्रिपाल लगायत कम्बल ,भाँडाकुँडा लगायत लत्ताकपडा कोल्टी पठाएका छौँ ।” नेपाल रेडक्रस सोसाइटी बाजुराका सभापति रमबहादुर शाहीले जानकारी दिएका छन्। जङ्गलको वास ट्वाइलेटको समस्या हुनसक्छ हामी त्यसको लागि व्यवस्थापन मै लागेका छौँ सभापति शाहीको भनाई छ ।

वातावरणीय असर प्रभाव मूल्याङ्कन नगरी गाउँ तलबाट डोर लगाउँदा स्थानीयको उठिबास भयो । माथि क्यूडी गाउँ त्यो पनि भिरालो जग्गा त्यहीमाथि डोजर लगाएपछि गाउँ पुरै चिरा–चिरा भएको छ रेडक्रस सदस्य पाण्डेले भने । “माटो परीक्षण नगरी डोजर लगाउँदा विकासले विन्यास निम्त्याउँछ ।” “पूर्वाधार विकास गर्नु पहिले त्यसको असर प्रभाव बारे अनिवार्य अध्ययन गरी सोको प्रतिवेदनका आधारमा भौतिक संरचना निर्माण गर्नुपर्ने हुन्छ । तर, बाजुरा लगायत अधिकांश पहाडी जिल्लामा धमाधम डोजरले बाटो खन्दा विन्यास निम्तिएको हो । ” पूर्वाधार विकास कार्यालयका प्रमुख इन्जिनियर जङ्गबहादुर थापाले भने । माटो परिक्षण नगरी एक्स्काभेटर डोजर लगायत ह्याभि मेशिन प्रयोग गर्ने हुन्न कार्यालय प्रमुख थापाले भने ।

अविरल वर्षाका कारण यसअघि पनि हिमाली गाउँपालिका वडा नं ४ रुगिन र वडा नं ६ बोल्ढीकका स्थानीय परिवार पहिरोले विस्थापित भएका थिए । विस्थापित परिवारलाई गाउँपालिकाले आवश्यकता अनुसार राहत वितरण गर्न खाद्यान्नको आवश्यक व्यवस्थापन भई सकेको छ । त्रिपालको लागि गाउँपालिका अध्यक्ष सदरमुकाम मार्तडी जानुभएको छ अधिकृत भण्डारीले भने ।
हाम्राकुराबाट

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved