आज सुदूरपश्चिम प्रदेशको मौलिक पर्व ओल्के र बुढी हाल्ने पर्व मनाइँदै

पछिल्ला समय युवापुस्ताले ध्यान नदिँदा प्रतिष्ठाको पर्व लोप हुदै गएको भन्दै यसको जानकारहरुको भनाई । यस्ता पर्व जोगाउनु अपरिहार्य रहेको निस्कर्ष

  • भदौ १, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । आज भदौ १ गते अर्थात् ओल्के संक्रान्ति। कैलाली कञ्चनपुर सहित सुदूरपश्चिममा हर्षोल्लासका साथ यो पर्व मनाइँदैछ। ​सुदूरपश्चिम प्रदेशमा वैशाख महिनामा मनाइने बिशु पर्व मरौला भनेर खाने तथा भदौ महिनामा मनाइने वल्के पर्व बाचेँ भनेर खाने पर्वका रूपमा मनाइने चलन रहेको छ।

साउन मसान्त र भाद्र सङ्क्रान्ति गरी दुई दिन मनाइने यो पर्वको पहिलो दिन हिजो प्रत्येक घरमा मिठोमसिनो खानाका स्थानीय परिकार बनाएर मनाइएको थियो भने आज दोस्रो दिन पिँडालुको कलिलो पात, दूध र दही सगुनका रूपमा आफूभन्दा ठूलाबडालाई तथा छिमेकीलाई बाँडेर प्रदेशका नौवटै जिल्लामा ‘वल्के चाड’ हर्षोल्लासपूर्वक मनाइँदै छ । पछिल्लो समय लुगा कपडा, पैसा वा यस्तै अन्य उपहार समेत दिने गरिन्छ। धेरै जसो ठाउँमा मन्दिरमा अन्न चढाई ओल्को हाल्दछन्। यो पर्व कुनै धार्मिक वा पौराणिक उत्प्रेरणाबाट प्रभावित नभई यस भेगका बासिन्दाहरुको मौलिक पर्वका रुपमा रहिआएको हो।

ओल्को भन्नाले उपहार वा कोसेली भन्ने बुझिन्छ। आफूभन्दा ठूलाबडा, मान्यजन वा ज्येष्ठ नागरिकलाई सम्मान स्वरुप कर्कलाको भित्री पात, फलफूल आदि दिनु, मिठो–मसिनो खानु, हातमा मेहेन्दी लगाउनु यस पर्वको विशेषता हो। यसका साथै बिहानै नुवाइ धुवाई गरी विभिन्न परिकारहरू बनाएर कृषिसँग सम्बन्धित औजार तथा फलफूल आजका दिन आफन्तलाई ओल्को अर्थात् उपहार दिने पनि गरिन्छ। वर्षापछि संकटबाट बचेको र नवजीवन प्राप्त भएको खुसियालीमा यस क्षेत्रमा ओल्को मनाउने प्रचलन रहेको छ । गुठियारहरुले ईष्ट कुलदेवताको मन्दिरमा नयाँ अन्नबालीको ओल्को चढाउने गर्दछन्। ओल्को परापूर्वकालमा केही वर्षअघिसम्म ठूलाबडालाई साना जातकाले चिनो बस्तु चढाउने दिनका रुपमा समेत रहिआएको थियो। ओल्के संक्रान्तिताका सतरति ९सातरातको झरी० पर्दछ। यो समयमा आकाशमा तारा देखिएमा वा वन चर्न गएका भैंसीका सिङ ओभानो भए अनिकाल पर्ने सम्भावना र ऋतुमति धर्तिले नवीन सिर्जना गर्ने थाल्ने विश्वास छ।

पुतना पोल्ने थुइ बुढी थुई

ओल्के संक्रान्तिका दिन गाउ नजिकका अलि उच्चो ठाउँमा सबैजना मिलेर रूखका हाँगाबिंगा‚ झ्याङ तथा अन्य बोटबिरुवा काटेर एक ठाउँमा थुप्रो बनाइन्छ। यो थुप्रोलाई ‘बुढी हालेको’ भनिन्छ। यो बुढीलाई असोज संक्रान्तिको साँझ प्रत्येक घरघरबाट एकैपटक राँको निकाली पोलेर ‘बुढी पोल्ने’ पर्व मनाउने परम्परा रहेको रहेको छ। यस अनुष्ठानलाई द्वापरकालीन मथुराकी पुतना को कथासँग पनि जोडिएको छ।

सुदूरपश्चिमका पहाडी जिल्लामा र भारतको कुमाउँ गढवालतिर मात्रै यो बुढी पोल्ने पर्व मनाइने गरिएको पण्डित पन्तले बताए। घरबाट राँको निकाल्दा पूरै घरलाई घुमाएर निकाल्ने गरिन्छ। घरबाट चिरेको काँक्रो लगेर पोलेको बुढीमा थुक्दै थुइ बुढी थुई भनेर बुढी जलाईन्छ । यसरी बूढी पोलेमा वर्षभरि लुतो लगायतका रोगव्याधीबाट परिवार नै मुक्त हुने मान्यता छ।

भगवान कृष्णलाई पुतना राक्षेसनीले विषालु स्तनपान गराएको र श्रीकृष्ण भगवानले पुतनाराक्षस्नीको स्तन चुसेर मारेपछि पुतनाको भयानक रुप पैदाभएको तथा मरेको लाशलाई हटाउन नसकेपछि गोकुलवासी ग्वालाहरूले टुक्राटुक्रा पारेको दिनको सम्झनामा आज बुढी हाल्ने र असोज १ गतेका दिन पोल्ने चलन रहेको छ। तर‚ पछिल्ला समय युवापुस्ताले खासै ध्यान नदिँदा यो पर्व लोप हुँदै गएको छ। यो पर्वलाई प्रतिष्ठाको पर्व भएकाले मनाउन अपरिहार्य रहेको जानकारहरु बताउँछन्।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
जनताले अब अत्याचार स ...

प्रकाश रायमाझी, राजनीतिक विश्लेषक केपी ओलीको जागरण अभियानले ४६ सालतिर मरिचमान श्रेष्ठले निकालेको पञ ...

सांसद सुनिल शर्मा र ...

काठमाडौँ । प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले जापानको हाउस अफ काउन्सिल ...

रुसि आक्रमणको धम्की ...

एजेन्सी । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा नयाँ मध्यम दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेर पश्च ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved