इटहरी । सुनसरीको इनरुवा नगरपालिका –१० की ३९ वर्षीया पुस्पालता सुब्बा गत मंसिर ५ गते अचानक वेहोस भइन् । विना कुनै कारण उनि वेहोस् भएपछि परिवारले उपचारको लागि उपचारको लागि विराटनगर पुर्याए ।
विराटनगरको एक अस्पतालले उनको टाउकोमा रगत जमेका कारण उपचार नै सम्भव नभएको जानकारी गरायो ।डाक्टरले आफूहरुलाई आमा बाँच्न असम्भव रहेको जानकारी गराएको उनका छोरा प्रनिस सुब्बाले जानकारी दिए । त्यसपछि उनिहरुले पुस्पालाई घर नै फर्काए । र, रातभर उनको मृत्यु कुरेर बसेको छोराले प्रनिशले सुनाए ।
‘५ गते एक्कासी बेहोस हुनुभयो आमा’, छोरा प्रनिशले भने, ‘त्यहाँ डाक्टरले बाँच्ने चान्स छैन । बाँच्ने चान्स जिरो छ भनेको थियो । घरसम्म पुर्याउँदासम्म सास रहोस् भनेर अक्सिजन लगाइदियो । घरसम्म लगाएर लैजानु भनेको थियो तर मर्ने नै हो भने किन लगाउनु भनेर हामीले अक्सिजनको मास्क नै हटाइ दियौँ ।
अक्सिजन खोल्दा पनि सास चलिरहयो । हामीले डक्टरलाई सुनायौँ । तर, उहाँहरुले मेसिनले गर्दा त्यस्तो भएको हो भन्नु भयो । हामी आमालाई लिएर घर फकियौँ ।’ उमेरले भरखर ४० औँ बसन्त पुग्न लागेकी उनलाई परिवारले आस नै मारिसकेको छोराले सुनाए ।
६ गते विहान पुस्पाले हात चलाएपछि परिवारले उन बाँच्छीन् भन्ने आसाका साथ पुन सोहि अस्पतालमा लग्ने योजना बनाए ।सोहि समयमा उनिहरुकै परिवारका एक डक्टरले विराटनगर महानगरपालिका –३ कन्चनवारीमा रहेको आर्या न्यूरो अस्पताल र त्यहाँ रहेका बरिष्ठ न्यूरो सर्जन डाक्टर पंकजराज नेपालको बारेमा जानकारी गराए ।
तिनै डाक्टरको सल्लाह बमोजिम पुस्पालाई परिवारले ६ गते विहान करिव १० बजे आर्या न्यूरो अस्पताल पुर्याए । त्यहाँ डक्टरले बचाउन सकिने कुरागरेपछि उपचार सुरु गरेको छोरा प्रनिशको भनाइ छ ।
अहिले पुस्पाको सफल उपचार भएर सामान्य अवस्थातर्फ फकिँदै छिन् । ‘आमाले ६ गते विहान हात चलाउनुभयो । हातले टाउको छाम्नु भयो । त्यसपछि हामीले तुरुन्तै अस्पताल लग्यौँ’, उनले भने, ‘अस्पतालमा पुर्याउँदा हाम्रो एक जना डाक्टर काकासँग भेट भयो । उहाँले रिपोर्ट हेरेपछि आर्या अस्पताल र डाक्टर पंकजराज नेपालको बारेमा जानकारी गराउनुभयो ।
अनि हामीले यहाँ ल्याएर आयौँ । यहाँ आएपछि डाक्टरले बाँच्ने चान्स ४०र६० छ भन्नुभयो । हामी १ पर्सेन्ट चान्स हुँदा त उपचार गर्न तयार थियौँ । त्यसो भनेपछि त झन् उपचार गर्ने भइहाल्यौँ नि १ अनि उपचार गरेको अहिले निको हुनुभयो । अहिले एकदम राम्रो छ ।’ उनलाई बचाउन आर्या अस्पतालले पनि अथक प्रयास गरेको डाक्टर चौधरीले जानकारी दिइन् । अर्को अस्पतालले मृत्यु पखेर बस्नुस् भनेको मान्छेलाई लामो अनुभव भएका डाक्टर तथा स्तरीय नविनत् उपकरणका कारण सम्भव भएको उनले जानकारी दिइन् ।
२० दिनसम्म आर्या न्यूरो अस्पतालको उपचार तथा बसाइपछि आइतबार पुस्पा घर फर्किएकी छिन् । उनि पहिला जस्तै सामान्य जीवनयापनमा आफू फर्कन अस्पतालले गरेको मेहनतप्रति दंग देखिन्छी । साथै उनको मृत्युको परखाइमा रहेको परिवारको पनि खुसीको सिमान नै छैन ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved