धनकुटामा टिपर दुर्घटना, चालक र सहचालकको मृत्यु

  • पुस ३०, २०७८
  • कालापानी मिडिया
alt

धनकुटा / बालुवा लोड गरेर गन्तव्यतिर जाँदै गरेको हाइवा टिपर कोसी लोकमार्गअन्तर्गत धनकुटाको धनकुटा नगरपालिका–२ नागढुङ्गामा आज (शुक्रबार) बिहान दुर्घटनामा पर्दा दुई जनाको मृत्यु भएको छ । 

धनकुटाबाट तेह्रथुमको बसन्तपुरतिर जाँदै गरेको प्रदेश ०३–००१ क ०५४९ नम्बरको टिपर बिहान ४ः४५ बजेतिर दुर्घटना हुँदा टिपरका चालक र सहचालकको घटनास्थलमै मृत्यु भएको हो । धनकुटा ट्राफिक प्रहरी प्रमुख सइ (नायव निरीक्षक) लोकबहादुर दियालीका अनुसार मृतकमध्ये चालक भुवन मगरको मात्रै सनाखत भएको छ । मगरको ठेगाना लगायत विस्तृत विवरण खुल्न बाँकी छ । 

मृतकमध्ये सहचालकको पहिचान खुल्न सकिरहेको छैन । दुवै जनालाई टिपरले किचिरहेको अवस्थामा फेला पारिएको र शव बाहिर निकाल्ने प्रयास भइरहेको जानकारी सइ दियालीले दिए । उनका अनुसार घुम्ती सडक पार गर्ने क्रममा टिपर आफै अनियन्त्रित भएर दुर्घटनामा परेको अनुमान गरिएको छ । 

बालुवा लोड गरिएको टिपर सडकबाट लगभग २५ मिटर तल खसेको अवस्थामा फेला परेको छ । घटनास्थलबाट टिपरलाई बाहिर निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाको विस्तृत विवरण प्राप्त हुन बाँकी छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
जनताले अब अत्याचार स ...

प्रकाश रायमाझी, राजनीतिक विश्लेषक केपी ओलीको जागरण अभियानले ४६ सालतिर मरिचमान श्रेष्ठले निकालेको पञ ...

सांसद सुनिल शर्मा र ...

काठमाडौँ । प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले जापानको हाउस अफ काउन्सिल ...

रुसि आक्रमणको धम्की ...

एजेन्सी । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा नयाँ मध्यम दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेर पश्च ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved