रामकुमारीका सय दिन : ८७ किमि सडक निर्माण, १२ हजार परिवारलाई जग्गा (पूर्णपाठ)

  • माघ ५, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं / सहरी विकास मन्त्रीका रुपमा रामकुमारी झाँक्रीले सय दिन पूरा गरेकी छन्।गठबन्धन सरकारमा सहरी विकास मन्त्रालय सम्हालेको सय दिनमा उनले आफ्ना विभिन्न ३७ उपलब्धि सार्वजनिक गरेकी छन्।

सहरी विकास विभागको कार्यालय बबरमहलमा आयोजित पत्रकार सम्मेलनमा उनले काठमाडौं उपत्यका भित्र र बाहिर अड्किएका कामहरूलाई तीव्र पारिएको उल्लेख गरेकी छन्।मन्त्री झाँक्रीले आफ्नो सय दिने कार्यकालमा विभिन्न आयोजनाहरुमार्फत तीन महिनाको अवधिमा ८७ किलोमिटर सडक निर्माण भएको दाबी गरेकी छन्।

त्यस्तै त्यही अवधिमा ९१ किलोमिटर सडकको पक्की नाला पनि निर्माण गरिएको जानकारी उनले दिएकी छन्। मन्त्री झाँक्रीले विभिन्न समयमा राजनीतिक तथा सामाजिक विवादका कारण रोकिएको जग्गा हस्तान्तरणलाई पनि तीव्र पारिएको बताएकी छन्।

३७ बुँदे उपलब्धिमा उनले मुलुकभरका १२ हजार ६ सय ६० घर परिवारलाई जग्गा हस्तान्तरणको बाटो पनि खोलिएको उनले बताएकी छन्।पूर्वाधार तथा सेवा सुविधायुक्त, व्यवस्थित, सफा र सुन्दर शहर तथा बस्तीहरू विकास गर्ने दीर्घकालीन सोच अनुरुप मन्त्रालयले शहरी विकास तथा भवन निर्माण विभाग, काठमाडौं उपत्यका विकास प्राधिकरण, अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समिति, नगर विकास कोष, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समिति र राष्ट्रिय आवास कम्पनी लिमिटेड गरी छवटा निकायहरु मार्फत मन्त्रालयले शहरी विकास, भवन निर्माण र आवास व्यवस्थाका क्षेत्रमा कार्यहरू गर्दै आएको छ।

यस अवधिमा रुपान्तरणकारी, क्रमागत र नयाँ शहरी पूर्वाधार निर्माणका परियोजनाहरूको कार्यान्वयनले गति लिएको मन्त्री झाक्रीले दाबी गरेकी छन्श हरी विकास मन्त्रालयले सामाजिक पूँजीको रुपमा रहेका सामाजिक पूर्वाधारहरू जस्तै अस्पताल, स्वास्थ्य चौकी, हरियाली पार्क, मनोरञ्जन पार्क, शवदाह गृह जस्ता सामाजिक पूर्वाधार निर्माण कार्य समेत गर्दै आईरहेको उनले बताएकी छन्।

चालू आर्थिक वर्षमा मन्त्रालयको कुल बजेट ३० अर्ब ८४ करोडमध्ये चालूतर्फ विनियोजित १ अर्व ९४ करोड रुपैयाँमा ६९ करोड ९३५ प्रतिशत० र पूँजीगततर्फ विनियोजित २८ अर्व ९० करोड रुपैयाँमा ५ अर्व ८ करोड ९१७ प्रतिशत० खर्च भएको मन्त्री झाक्रीले जानकारी दिएकी छन्।उनले मन्त्रालयको समग्र प्रगति १८.९१ प्रतिशत रहेको बताएकी छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्लास्टिकजन्य फोहर ...

काठमाडौं। काठमाडौं उपत्यकालगायतका स्थानमा वायु प्रदूषण बढेको पाइएपछि वातावरण विभागले ठोस तथा प्लास्ट ...

प्रधानमन्त्री ओलि आज ...

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार चीन भ्रमणका विषयमा सरोकारवालासँग छलफल गर्दैछन् । प ...

२७ करोड भारतीय रुपैय ...

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा ऋषभ पन्त २७ करोड भारतीय रुपैयाँमा बिक्री भएका छन्। यससँग ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved