१० महिना बित्याे तर बनेन देवीमायाकाे घर

  • माघ ९, २०७८
  • कालापानी मिडिया
alt

झापा । घर निर्माण गरिदिने भएपछि धेरै खुशी भएकी अर्जुनधारा–५ स्थित विहीवारे बजारकी अतिविपन्न देवीमाया खतिवडाको खुशी अहिले दुःखमा परिणत भएको छ ।

‘गरीबलाई दिन्छु नभन्नु रे, …लाई लान्छु नभन्नु रे’ भन्ने एउटा पुरानो भनाइ छ अहिले अतिविपन्न एकल महिला खतिवडाको अवस्था त्यस्तै भएको छ । खतिवडाको घर बन्न त टाढाको कुरा भयो तर, हरियालीले झारेको सामग्री समेत अहिले आधा भइसकेको छ । बजारको क्षेत्रमा २०७८ बैशाखमा घर निर्माण गर्न भनेर झारेको उक्त सामाग्री एउटा÷दुई वटा गर्दै गर्दै हराउने गरेकाले अहिले आधा हुने अवस्थामा पुगेको छ ।

अतिविपन्न परिवारकी खतिवडाको घर निर्माण गरिदिने भन्दै दहीझोडा सामुदायिक बन उपभोक्ता समूहको उपसमिति हरियाली महिला समूहले गत वैशाखमा झारेको ढुङ्गा, गिटी र बालुवा अहिलेसम्म बेवारिसे अवस्था रहेको छ । दुई ट्याक्टर ढुङ्गा, एक ट्याक्टर गिटी र एक ट्याक्टर बालुवा झारेर घरको नापजाँच गरेर गएको मान्छे अहिलेसम्म आएका छैनन् ।

‘बिद्यालयको जग्गा भएकाले घर निर्माण गर्न नमिल्ने भन्ने गरेका छन्’– खतिवडाले भनिन्– ‘मेरो जग्गा जमिन छैन, २०/२५ बर्षदेखि यहीँ बसिराखेको छु ।’ उनले थपिन्– ‘घर भत्काउनु हामी दुईतीन दिनमा आएर निर्माण गरिदिन्छौ भनेका थिए तर, अहिलेसम्म आएका छैनन् ।’ वैशाखमा झारेको ढुङ्गा, गिटी, बालुवा आधा भइसक्यो तर, अहिलेसम्म खतिवडाको घर निर्माणमा कसैले चासो नदेखाएको उनको गुनासो छ । आमा र छोरा मात्र बस्दै आएको उनीहरुको घरको सवै जस्ता दुलो परेर पानी पर्दा घरभरी नै जम्ने गरेको छ । छोरो असक्षम भएकै कारण घर निर्माण गर्न नसकेपछि हरियाली महिला समूहले घर निर्माण गरिदिने भनेर सामग्री झारिदिएको थियो । तर, पनि अहिलेसम्म विभिन्न बहाना बनाएर घर निर्माण हुन नसकेको स्थानीयहरु बताउँछन् ।

उपभोक्ता समूहका अध्यक्ष महेन्द्र अधिकारीले पूर्वअध्यक्षहरुको निर्णय भएकाले आफूलाई त्यस बिषयमा खासै जानकारी नभएको बताए । बिद्यालयको जग्गा भएकाले समस्या भएको हुन सक्ने उनको भनाइ छ । उपभोक्ता समूह टोल नं. २का अध्यक्ष डम्वर थापाले आफू अध्यक्ष हुनुभन्दा अघि नै घर निर्माण गर्ने निर्णय भएको बताए । उनले सवैलाई थाह नै भएको हो उनको घर बिद्यालयको जग्गामा भएको भन्ने त्यति हुँदाहुँदै पनि सामाग्री झारिसकेपछि एउटा विपन्नको घर निर्माण हुनुपर्ने बताए ।

समुहका पूर्व टोल नं. २का अध्यक्ष सूर्य रिमालले बर्षौदेखि बिद्यालयकै जग्गामा बस्दै आएको मान्छेलाई वहाना बनाएर मर्कामा पार्न नहुने बताए । ‘बजार व्यवस्थापन समितिले पुरानो बसोबास भएको मान्छेलाई सिफारिस गरिदिँदा हुने हो’– रिमालले भने– ‘तर, जँुगाको लडाईले गर्दा घर निर्माण रोकिएको छ ।’

टोल नं. २का पूर्व अध्यक्ष अर्जुनकुमार रेग्मीले आफ्नो कार्यकालमा खतिवडाको घर निर्माणका लागि समूहका ५ नं. क्षेत्रीय संयोजक कमल गिरीसँग छलफल गरेर तत्कालीन वन समूहका अध्यक्ष खगेन्द्र सुब्बाको सिफारिसमा क्षेत्र नं. ४ र ५ को घर २०७८मा निर्माण गर्ने कुरा भएको बताए । क्षेत्र ४ र ५को घर निर्माण गर्ने ठेकेदार एउटै भएकाले ४को सकेर ५ नं. यानिकी देवीमायाको घर निर्माण गरिने निर्णय भएको बताए । एउटा विपन्नलाई आश देखाएर विभिन्न बहाना बनाएर घर निर्माण रोक्न नहुने रेग्मीको भनाइ छ ।

यता बिहीवारे बजार व्यवस्थापन समितिका अध्यक्ष छबिलाल लम्सालले बिद्यालयको जग्गा भएकाले समितिले भन्दा पनि विद्यालयले घर निर्माणको लागि अनुमति दिनुपर्ने बताए । उनले बजार समितिले घर निर्माणमा रोक नलगाएको समेत बताएका छन् ।

उपभोक्ता समूह मातहतको उपसमिति हरियाली महिला समूहले बनका ५ वटा क्षेत्रका एक÷एक विपन्न परिवारको घर निर्माण गर्न गत २०७७ सालमा कार्यक्रम अघि सारेको थियो ।

त्यसअनुरुप गत २०७७ सालमा ३ बटा क्षेत्रका विपन्न परिवारको घर निर्माण भइसकेको छ भने कोरोना महामारीका कारण क्षेत्र नं. ४को पनि २०७८ मा निर्माण भइसकेको छ । तर, क्षेत्र नं. ५ को देवीमायाको घर निर्माण भने विभिन्न समस्या देखाएर अहिलेसम्म घर निर्माण हुन सकेको छैन । सवैको कुरा सुन्दा देवीमायाको घर निर्माण हुनुपर्छ भन्ने देखिए पनि अहिलेसम्म घर निर्माण हुन भने सकेको छैन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved