काठमाडौं । जनता समाजवादी पार्टी जसपा नेता डा.बाबुराम भट्टराईले एमसीसीबारे माओवादी अध्यक्ष प्रचण्डको दोहोरो चरित्रमाथि कटाक्ष गरेका छन् । एमसीसी पारितको पक्षमा बोल्दै आएका भट्टराईले अति भए खति हुने चेतावनी दिएका हुन । सामाजिक सञ्जाल ट्विटरमा भट्टराईले माओवादीको दोहोरो चरित्रमाथि व्यंग्य समेत गरेका छन्। उनले भित्र खाओवाद र बाहिर माओवादी भन्दै नेपाली राजनीतिमा यो पाखण्डी प्रवृत्ति रहेसम्म देश नबन्ने टिप्पणी गरेका छन्।
उनले लेखेका छन्, ‘भित्रभित्र राष्ट्रघात, बाहिरबाहिर राष्ट्रबाद । माछा देखे भित्र हात, सर्प देखे बाहिर हात । भित्र खाओवाद, बाहिर माओवाद, नेपाली राजनीति जवसम्म यो पाखण्डी र दुईजिव्रे प्रबृत्तिबाट मुक्त हुँदैन, तवसम्म देश बन्दैबन्दैन । एमसीसी जुन ढंगले गिजोलिँदैछ, त्यसको परिणाम गम्भीर हुनसक्छ । अति भए खति हुन्छ है ।’ भट्टराईले यसअघि पनि एमसीसी मुलुकको हितमा रहेको भन्दै पारित गर्न जोड दिँदै आएका छन् ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved