काठमाडाैं । सत्ता साझेदार नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक अनिश्चितकाललाई स्थगित भएको छ।माओवादी केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले बैठक स्थगित भएको बताएका छन्। उनले कोभिड जोखिम अझै कम भइनसकेकाले बैठक स्थगित गरिएको बताए ।
सरकारले पनि अझै २५ जनाभन्दा धेरै मानिसलाई एकै ठाउँ भेला हुन निषेध गरिरहेको कुरालाई पनि मध्यनजर गर्दै बैठक स्थगित गरिएको ढकालले बताए।
'भोलि बस्ने गरी बोलाइएको बैठक स्थगित भएको छ। कोभिड महामारीका कारण सरकारले धेरै मानिस भेला गरेर कार्यक्रम नगर्न सुझाव दिएकाले यो निर्णय लिइएको हो', ढकालले भने, 'तर पछिल्लो समय माओवादीकै नेताहरुलाई कोभिड भएको भने जानकारी छैन।'
माओवादीले पुस ११ देखि १८ सम्म गरेको आठौं राष्ट्रिय महाधिवेशनबाट अध्यक्षबाहेक अरु पदाधिकारी चयन गर्न सकेको छैन।
यस्तै स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटीले पनि पूर्णता भएको छैन। माओवादीमा खास गरी महासचिव पदलाई नेताहरुबीच तानातान छ। यसअघि पनि माओवादीले दुई पटकसम्म केन्द्रीय समिति बैठक स्थगित गरिसकेको छ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved