काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक काइरालाले नेपालले एमसीसी पारित गर्नुपर्ने बताएका छन् । उनले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका अगाडि एमसीसी त्याग्ने वा गठबन्धन बचाउने भन्ने दुई विकल्प रहेको र प्रधानमन्त्रीले आफ्नो निणर्यहरु बारम्बार भनिरहेको पनि बताए ।
कोइरालाले एमसीसी पास भएमा अहिलेको गठबन्धन टुट्नेमा दुईमत नरहेको दाबी गरे । ‘एमसीसी नेपालको लागि राम्रो हो भन्ने जुन पक्ष छ, यसको विपक्षमा पनि धेरै मान्छेहरु उभिरहेका छन् । हाम्रो अस्तित्व नै डामाडोल हुन्छ, अमेरिकी सेना यहाँ आउँछन् भन्ने हल्ला गरिएका छन् । ९ वटा मुलुकमा एमसीसी चलिरहेको छ त्यसमा त कोही सेनाहरु परिचालन भएको छैनन् । त्यसलाई पनि आधार मानेर मलाई के लाग्छ भने एमसीसी हामीले पारित गर्नुपर्छ ।’
उनले भने, ‘शेरबहादुरजीको अघि दुई उपाय छन् । एउटा एमसीसी पास गराउने हो कि सत्ता नबिग्रियोस् भन्ने हो । यो अप्सन उहाँले नै रोज्नुपर्ने हो । उहाँले कुन रोज्नु हुन्छ । एमसीसी पारित गर्ने हो भने गठबन्धन टुट्न सक्ने देख्छु । गठबन्धनलाई राख्ने हो भने एमसीसी छोड्नु पर्छ । दुईमध्ये एउटा मात्रै हुनसक्छ भन्ने मलाई लागेको छ ।’
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved