एमसीसीविरोधी प्रदर्शनमा रबरको गोली प्रहार : हेर्दाहेर्दै रणभूमि बन्यो बानेश्वर

  • फाल्गुन ८, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । सत्ता गठबन्धनले संसदमा एमसीसी टेबल गर्ने निणर्यसँगै आइतबार नयाँ बानेश्वर क्षेत्र रणभूमि जस्तै बन्यो । प्रदर्शनकारीहरुले प्रहरीमाथि ढुङ्गामुढा हाने । प्रहरीले आत्मरक्षाका लागि रबरको गोली समेत प्रहार गरेको पाइएको छ ।

यसैबीच सरकारको तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र कार्कीले संसदमा एमसीसीसम्बन्धी प्रस्ताव पेस गरेका छन् । संसदमा एमसीसी टेबल हुँदै गर्दा बानेश्वर क्षेत्र तनावग्रस्त बनेको थियो । प्रहरी र प्रदर्नकारीबीच दोहोरो भीडन्तको अवस्थामा समेत पुगेको थियो । भीडन्तलाई साम्य पार्न पानीको फोहोरा बर्साउनुको साथै बेला बेला प्रहरी ’ब्याक’ समेत भएको थियो ।

एमसीसी संसदमा पेश गर्दा समर्थन जनाएकै दलहरुले सडकमा भने बबाल मच्चाएका छन् । एमसीसी सम्झौता सदनमा लैजान समर्थन गरेका सत्ता साझेदार नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीकै कार्यकर्ताले नयाँबानेश्वरको सडकमा उग्र प्रदर्शन गरे ।

त्यसक्रममा प्रहरीसँग झडप हुँदा माओवादीनिकट अखिल क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंह पनि घाइते भएकी छन् । झडपका क्रममा प्रहरीले कयौं सेल अश्रुग्यास हानेको थियो । प्रदर्शनकारीहरू निषेधित क्षेत्र तोड्दै संसद भवन क्षेत्रसम्म पुगेका थिए । त्यसक्रममा प्रहरीले लाठी चार्ज र अश्रुग्यास अनि पानीको फोहरा चलायो भने प्रदर्शनकारी ढुङ्गा, इँटा बर्साए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
जनताले अब अत्याचार स ...

प्रकाश रायमाझी, राजनीतिक विश्लेषक केपी ओलीको जागरण अभियानले ४६ सालतिर मरिचमान श्रेष्ठले निकालेको पञ ...

सांसद सुनिल शर्मा र ...

काठमाडौँ । प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले जापानको हाउस अफ काउन्सिल ...

रुसि आक्रमणको धम्की ...

एजेन्सी । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा नयाँ मध्यम दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेर पश्च ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved