काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले अमेरिकी सहयोग परियोजना ९एमसिसी०बारे आज निर्णय लिने भएको छ। जारी केन्द्रीय कार्यकारिणी समिति बैठकको आजको मूल एजेन्डा नै एमसिसी राखिएको छ।
शुक्रवारदेखि ललितपुरमा सुरु भएको बैठकमा कार्यकारिणी सदस्यहरुलाई एमसिसी सम्झौताको कपी अध्ययनका लागि वितरण गरिएको थियो। पार्टीका संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराई समूह एमसिसी पास गराउनुपर्ने पक्षमा छ भने अध्यक्ष उपेन्द्र यादव मौन रहेका छन्।
जसपामा हाल कायम १९ जना सांसद छन्। जसपाबाट छुट्टिएर बनेको लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा०ले भने एमसिसीको पक्षमा उभिने निर्णय गरिसकेको छ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved