काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले आज बिहान बसेको भनिएको माओवादीको बैठक अवैधानिक रहेको र त्यसले गर्ने निर्णय आधिकारिक नहुने दाबी गरेका छन् । व्याख्यात्मक टिप्पणीसहित एमसीसी पारित गर्ने पूर्वस्थायी कमिटी सदस्यहरूको बैठकको निर्णयप्रति आपत्ति जनाउँदै न्यौपानेले आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।
उनले माआवादीको आठौं महाधिवेशनले केन्द्रीय कमिटी र अध्यक्षमात्र चयन गरेको र त्यसयता अरु कुनै कमिटी नरहेको भन्दै केन्द्रीय कमिटी बैठक पटक(पटक स्थगित गरेर अध्यक्ष प्रचण्डले एकल निर्णय गर्दै पार्टीलाई राष्ट्रघाती कित्तामा उभ्याएको आरोप लगाएका छन् । न्यौपानेले आफ्नो वक्तव्यमा भनेका छन् ९नेकपा माओवादी केन्द्र० को केन्द्रीय समितिको बैंठक पटक(पटक स्थगित गरिएको छ ।
महाधिवेशनपछि पार्टीको केन्द्रीय समिति र अध्यक्ष मात्र बनेको अबस्था छ । एकातिर केन्द्रीय समितिको बैठक बसाल्दै नबसाल्ने अर्कोतिर एमसीसीजस्तो मुलुकलाई दीर्घकालीन असर पार्ने गम्भीर विषयमा अध्यक्षले एकल निर्णय गर्दै पार्टीलाई कांग्रेस, एमाले जस्तै राष्ट्रघाती पार्टीको कित्तामा उभ्याउने रु यसको मारमा देश, जनता, पार्टी र पार्टीका कार्यकर्ता पर्नुपर्ने ।
हालको नेकपा (माओवादी केन्द्र) मा केन्द्रीय समितिको निर्णयबाहेक अरुले गर्ने निर्णय अधिकारिक हुँदैन । आज बिहान बसेको भनिएको बैठकको कुनै वैधानिकता छैन । न्यौपानेले केही समयअघि आफ्नो पार्टीले एमसीसी पास गरे प्रचण्डलाई अमेरिकी पाल्तु कुकुर भनेर जुत्ताले हानेर लखेट्ने सार्वजनिक अभिव्यक्ति दिएका थिए ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved