काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेमबहादुर आलेले आज पशुपतिमा क्षमापूजा गर्ने भएका छन्।
पशुपति क्षेत्रको मृगस्थलीमा रहेको विश्वरुपा मन्दिर तथा वरिपरका सत्तलको पुनर्निर्माण शुभारम्भ तथा शिलान्यस तथा क्षमापूजामा मन्त्री आलेको सहभागिता रहने पशुपति विकास कोषका सदस्य सचिव डाक्टर मिलन कुमार थापाले जानकारी दिए।
शिलान्यास तथा क्षमा पूजा आज बिहान ९ बजे विश्वरुपा मन्दिर परिसरमा हुने थापाको भनाइ छ। नेकपा एकीकृत समाजवादीबाट मन्त्री बनेका आलेलाई हटाएर जीवन कुमार श्रेष्ठलाई पार्टीले मन्त्रीमा सिफारिस गरे पनि प्रधानमन्त्री देउवाले तत्काल रोकेपछि आलेको पद जोगिएको थियो।
आलेसहित चार मन्त्रीलाई हटाउने निर्णय गरेको एकीकृत समाजवादी प्रधानमन्त्री देउवाको दबाबबाट पछाडि हटेको छ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved