स्पेनिस ला लिगामा बार्सिलोनाले सहज जित

  • भदौ २६, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले काडिजलाई ४-० गोल अन्तरले हराएको हो ।
बार्सिलोनाको जितमा फ्रान्की डी योङ, रोबर्ट लेवान्डोस्की,अन्सु फाती, ओसुमाने डेम्बेलेले एक एक गोल गरे । खेलको ५५ औं मिनेटमा फ्रान्कीले गोल गर्दै बार्सिलोनालाई सुरुआती अग्रता दिलाएका थिए ।

६५ औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई २-० को अग्रता दिलाए । खेलको ८५ औं मिनेटमा दर्शकको स्वास्थ्यमा समस्या आएपछि खेल केहि समय रोकिएको थियो ।

दर्शकको स्वास्थ्यमा समस्या आएपछि काडिजका गोलरक्षक लेडेज्माले तत्कालै स्वास्थ्य उपकरण बिरामी दर्शकसम्म पुर्याउन मदत गरेका थिए । फेरि सुरु भएको खेलको ८६ औं मिनेटमा फातीले गोल गर्दै बार्सिलोनालाई ३-० को अग्रता दिलाए ।

त्यसपछि खेलको इन्जुरी समयमा डेम्बेलेले गोल गर्दै बार्सिलोनालाई ४-० को जित दिलाए । यस जितसँगै बार्सिलोनाले ५ खेलमा १३ अंक जोडेको छ ।

बार्सिलोना अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । काडिज अंक विहीन रहदै पुछारमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
गगन थापा भन्छन सहकार ...

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले उपप्रधानमन्त्री तथा गृहम ...

सनराइज सहकारीका कर्म ...

चितवन । भरतपुरबाट दक्षिण–पश्चिम गीतानगर र पटिहानीको बीचमा पर्ने थारू गाउँ बरौजीका २४ वर्षीय नि ...

देशका केही स्थानमा म ...

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीक ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved