काठमाडौं । यु–१९ एसिया कप क्रिकेटमा नेपाल र बंगलादेश खेलिरहेका छन् । युनाईटेड अरब इमिरेट्स ९युएई० को दुबई क्रिकेट रंगशालामा जारी खेलमा बंगलादेशले टस जितेर फिल्डिङ रोजेपछि नेपाल ब्याटिङमा उत्रिएको छ ।
पहिलो खेलमा श्रीलंकासँग पराजित भएको नेपाल आज पहिलो जितको खोजीमा रहेको छ । यस्तै, पहिलो खेलमा अफगानिस्तानमाथि पहिलो जित हात पारेको बंगलादेश सेमिफाइनल प्रवेशको सम्भावना बलियो बनाउन नेपाललाई हराउने योजनामा छ ।
एसीसीको आयोजनामा जारी प्रतियोगितामा एसियाका ८ देश सहभागी छन् । प्रतियोगितामा एसियाका ५ टेस्ट राष्ट्र स्वतः छनोट भएका थिए ।
नेपाल, युएई र जापान गत वर्ष मलेसियामा भएको एसीसी प्रिमियर कपको शीर्ष ३ मा रहेर छनोट भएका थिए । गत वर्षको अक्टोबरमा भएको प्रतियोगितामा युएईलाई हराउँदै नेपाल च्याम्पियन भएको थियो ।
सहभागी टोलीलाई २ समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा भारत, पाकिस्तान, जापान र युएई छन् भने समूह ‘बी’ मा नेपाल श्रीलंका, बंगलादेश र अफगानिस्तान छन् । समूहका शीर्ष २ टोलीले सेमिफाइनल पुग्नेछन् । फाइनल मंसिर २३ गते हुनेछ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved