बर्तमान संकटले वैदिक सनातन परम्पराको स्मरण गरायो
गोविन्द खनिया,
यतिवेला विश्वमा कोरोना संक्रमणको महामारी फैलिएको छ । चिनको बुहान क्षेत्रबाट फैलिएको यो महामारीले चिनमा मात्रै होइन इरान, स्पेन, अमेरिका, कोरिया , जापान लगायतका थुप्रै देशका हजारौ मानीसको ज्यान लिसकेको छ, र नेपालमा पनि प्रवेश गरिसकेको छ । यही महामारीबाट बच्न भन्दै विश्वव्यापी रुपमा लकडाउन गरिएको छ । हाम्रो देश पनि यतिवेला लकडाउनमै गुज्रिरहेको छ । तर यस विश्वव्यापी स्वास्थ्य संकटले निम्त्याएको अन्यौलताले भने वैदिक सनातन परम्परा र पुर्विय संस्कार अनुरुपको जीवनशैलीको स्मरण गररहेको छ । त्यसको अवलम्वन गर्न सबैको होस जगाईदिएको छ । जस्तै ः
- दैनिक प्रातस् स्नानबाट शरिर र गाईको गोवरले पोतेर घर शुद्ध गर्ने ।
- बाहिरबाट आएपछि जुत्ता चप्पल घर भित्र नलैजाने र राम्रोसंग दुई हात गोडा र मुख धुने ९पञ्चस्नान गर्ने०। शौच पश्चात हात धुने ।
- आफ्ना मूलभुत मूल्य, मान्यता एवं जरोकिलोको पहिचान र जगेर्ना गर्ने । सबैको आत्मा समान ठानी कोहिसंग पनि अमर्यादित ब्यवहार नगर्ने ।
- पंचशीलस् सत्य, अहिंसा, ब्रह्मचर्य, आस्तेय र अपरिग्रहको अनुशासन पालन गर्ने । नियमित दिनचर्यामा अल्छि नगर्ने ।
- काम,क्रोध, लोभ,मोह र अहंकार त्यागि मन निर्मल राख्ने । सदगुण, सच्चरित्र, नैतिकता बिकास गरि बुद्धिमत्ता र विवेकशील व्यवहार गर्ने । एकान्तमा बसि साधना, वैदिक साहित्यको अध्ययन, अनुसन्धान, चिन्तन, मनन र लेखनमा सक्रिय रहने।
- सबैको हृदयमा बास गर्नुहुने परमात्मालाई पंचतत्वको प्रतिनिधित्व गर्ने दुवै हातका औलाहरु जोडी नमस्कार वा साष्टांग प्रणाम गरी अभिवादन गर्ने ।
- विश्वबन्धुताको भावनाले संकटको समयमा स्वदेश परदेश जहिंतहिं जोसुकैको सहयोग र उद्धार गर्न तत्पर रहने
- पापकर्म नगर्ने ।
- पूर्ण ज्ञान, विज्ञान र प्रविधिको सदुपयोगबाट सुविधायुक्त जीवनको ब्यवस्था गर्ने ।
- वातावरण कुपित भएर असाध्य रोग र भाइरस उत्पन्न हुन नदिन र मानिस, जनावर, पंक्षी, किटपतंग लगायत सबै प्राणी तथा बनस्पतिको रक्षाको लागि शुद्ध वायु, जल, जमिन, वरपिपल आदि बृक्ष जडिबुटी आदि प्रकृतिको संरक्षण गर्ने ।
- सूर्यको किरणबाट नै जीवन रक्षा हुनाले बिहान सूर्यलाई जल चढाई बन्दना गर्ने ।
- प्राकृतिक कानूनको पालना गर्ने, उचित आहारबिहार र आयुर्वेदबाट आरोग्यता हासिल गर्ने ।
- शारीरिक, मानसिक र आध्यात्मिक स्वास्थ्य रक्षाको लागि संगित, नृत्य, योगासन, प्राणायाम, ध्यान, होम यज्ञ, जप,पुजा पाठ, भजन र गायन आदि नित्यकर्म गर्ने ।
- धैर्यता, क्षमा, ईन्द्रियनिग्रह, दुरदृष्टि, आत्मवल, आत्मविश्वास र आत्मसंयम आदि धारण गर्ने ।
- पारिवारका सदस्यले एक आपसमा सुख दुखमा साथ दिई मिलेर संगै बस्ने।
- भ्रष्टाचार वा अधर्मपूर्वक आय नगर्ने । जनतालाई जनार्दन र राष्ट्रलाई माता ठानेर सेवा गरी रामराज्य कायम गर्न प्रयत्न गर्ने ।
- शाकाहारी, शुद्ध, सात्विक र ताजा प्राकृतिक आहार लिने । जन्मदेखि मृत्यु सम्मका सबै संस्कार विधिपूर्वक गर्ने ।
- रोगको औषधी नभए र उपचार संभव नभए भगवानसंग जीवनरक्षाको लागि प्रार्थना गर्ने ।
- धार्मिक र आदर्श नागरिक भएर बाँकी जीवन जिउने संकल्प लिने आदि ।