काठमाडौँ । सरकारले आयात प्रतिस्थापन गरी निर्यात प्रवर्धन गर्न नीतिगत सुधार गर्नुपर्ने निजी क्षेत्रले माग गरेको छ।
नेपाल निर्यात परिषद्को २७ औं वार्षिक साधारणसभामा बोल्दै निजी क्षेत्रका प्रतिनिधिहरूले यस्तो माग गरेका हुन्। उनीहरूले सरकारले निर्यात प्रवर्धनको लागि विद्यमान नीति नियमलाई परिमार्जन गरी सहजीकरण गर्नुपर्नेमा जोड दिएका हुन्। निजी क्षेत्रका नेतृत्वले राज्य निर्यात प्रवर्धनका लागि अनुदान र सहुलियतमा गरेका प्रतिबद्धता कार्यान्वयन गर्न आवश्यक रहेको पनि बताए।
उनीहरूले सरकारले मुलुकको आयात प्रतिस्थापन गरी निर्यात प्रवर्धनका लागि सरकारले ठोस कदम चल्नुको विकल्प नभएको बताए। उनीहरूले मुलुकको आर्थिक विकास र व्यापार घाटा कम गर्नका लागि निर्यात प्रवर्धनमा जोड दिनुपर्ने आवश्यकता औंल्याएका छन्। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशको आर्थिक विकासका लागि सरकारले आयात प्रतिस्थापन तथा निर्यात प्रवर्धनका लागि ठोस कदम चाल्नुपर्ने बताए।
उनले देशको आर्थिक विकासका लागि निर्यात प्रवर्धन गरी आयात प्रतिस्थापनका विषयमा गम्भीर हुन आवश्यक रहेको उल्लेख गरे। उनले आयात प्रतिस्थापनका लागि घरेलु उद्योग प्रतिष्ठानलाई बलियो बनाउन सक्नुपर्ने बताए। उनले निर्यातका लागि पनि तदनुरूप नीति बनाउन र कार्यान्वयन गर्न जरुरी देखिएको बताए। उनले आयात प्रतिस्थापन गरी निर्यात प्रवर्धन गर्नसके सरकार र निजी क्षेत्र दुवैले चाहेको उद्देश्य पूर्ति हुने विश्वास व्यक्त गरे।
उनले निजी क्षेत्रका व्यवसायीलाई प्रोत्साहन गर्न सरकारले प्रतिबद्धता व्यक्त गरेअनुसार समयमा निर्यातमा अनुदान दिन पनि आग्रह गरे। उनले सरकारलाई व्यवसायीलाई प्रदान गरिने सम्मानबाट समेत प्रोत्साहन गर्न सकिने धारणा राखे। यसका लागि सरकारले सीआइपी दिने दिन घोषणा गर्न र व्यवसायीलाई दिने मर्यादामा ध्यान दिन समेत अनुरोध गरे।
अध्यक्ष ढकालले निर्यात प्रवर्धन र विदेशी लगानीका लागि विदेशस्थित नेपाली नियोगलाई पनि नेपालको निर्यात व्यापारको लागि देशअनुरुप लक्ष्य दिन र तदनुरुपको मूल्याङ्कन गर्न समेत आग्रह गरे।
उनले भने, ‘सरकारले आयात प्रतिस्थापन र निर्यात प्रवर्धन गर्ने नीतिअनुरुप काम गर्नुपर्छ। आयात प्रतिस्थापनका लागि घरेलु उद्योग प्रतिष्ठानलाई कसरी बलियो बनाउन सकिन्छ त्यसतर्फ ध्यान दिनुपर्यो। निर्यातका लागि पनि तदनुरूप नीति बनाउन र कार्यान्वयन गर्नुपर्छ। यसो गर्नसकेमा सरकार र निजी क्षेत्र दुवैले चाहेको उद्देश्य पूर्ति हुन्छ। देशको आर्थिक विकासका लागि यी दुई विषयमा गम्भीर भएर लाग्नसक्छौ।’
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले पनि नेपालले व्यापार घाटा कम गर्ने निर्यात प्रवर्धन गर्न आवश्यक रहेको बताए। उनले निर्यात प्रवर्धनका लागि सरकारले विद्यमान नीतिगत सुधार गर्नुपर्नेमा जोड दिए। उनले चालु आर्थिक वर्षको पाँच महिनामा ७३/६५ विलियनको निकासी भएको देखिएको भन्दै गत वर्षको सोही अवधिमा ६३/२० मिलियनको वस्तु निकासी भएको बताए।
उनले चालु आर्थिक वर्षको पाँच महिनामा १६/५ प्रतिशतले निर्यात वृद्धि भएको प्रचार गरिएको बताए। उनले निर्यात वृद्धि भारतमा सोयाविन तेल र पाम तेलको भन्सार वृद्धि हुँदा निकासी भएको भन्दै जसमा सोयाविन ८३७ बिलियन र पाम २/९७ विलियनको निर्यात भएको देखिए पनि यो निर्यात वृद्धि दिगो नहुने बताए।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2025 - Kalapanimedia.com All rights reserved