मौका परीक्षामा विद्यार्थीको अरुचि,१४ लाख परिक्षार्थिमा २२ लाखले मात्रै भरे फारम

  • पुस २५, २०८१
  • कालापानी मिडिया
alt

काठमाडौं । कक्षा ११ र १२ को मौका परीक्षामा विद्यार्थीको अरुचि देखिएको छ।

विगतका परीक्षामा सहभागी भएर उत्तीर्ण हुन नसकेका वा तोकिएको ग्रेड प्राप्त गर्न नसकेका २१ वर्ष पुराना विद्यार्थीलाई लक्षित गर्दै राष्ट्रिय परीक्षा बोर्डले मौका परीक्षाको अवसर दिएको थियो।

बिहीबारको गोरखापत्र दैनिकमा समाचार छ, बोर्डले २०५६ सालको परीक्षामा सहभागी भएकादेखि २०७७ सालमा सहभागी भएर अनुत्तीर्ण भएका परीक्षार्थीलाई परीक्षामा सहभागी हुने मौका दिएको थियो । बोर्डको तथ्यांक अनुसार यस अवधिमा सञ्चालन गरिएको नियमित तथा मौका परीक्षामा सहभागी भएर पनि अनुत्तीर्ण भएका परीक्षार्थी करिब १४ लाख छन्। तर परीक्षामा सहभागी हुनका लागि बोर्डले परीक्षा फाराम खुलाउँदा २२ हजारले मात्रै आवेदन दिएका छन्।

बोर्डका सहपरीक्षा नियन्त्रक कृष्ण घिमिरेका अनुसार दुई पटकसम्म म्याद थप्दा २१ हजार ८५३ जनाको मात्रै आवेदन परेको छ । विविध कारणले तोकिएको समयमा फाराम भर्न नसक्ने विद्यार्थीबाट बोर्डले अहिले पनि केन्द्रीय तथा प्रादेशिक कार्यालयबाट भौतिक रूपमै फाराम सङ्कलन गरिरहेको छ तर फाराम भर्नेहरू नगण्य छन् ।

पहिलो चरणमा परीक्षा फाराम भर्ने समय मङ्सिर २७ गतेसम्मका लागि थियो । परीक्षा फाराम भर्न बोर्डले निर्धारण गरेको दोस्रो समयसीमा भने पुस १३ गतेसम्मका लागि थियो। बोर्डका सहनियन्त्रक घिमिरेका अनुसार परीक्षा फाराम भर्नेमा २०६० सालपछिको परीक्षामा सहभागी भएर अनुत्तीर्ण भएकाहरू धेरै छन्। ‘त्यसभन्दाअघिका परीक्षार्थीमध्ये धेरैजसोले त उमेरका कारणले पनि फाराम भर्नुभएन होला’, उनले भने,‘कतिपय परीक्षार्थी परीक्षामा अनुत्तीर्ण भएपछि वैकल्पिक बाटोतिर पनि लागिसक्नुभएको होला।’ तर शिक्षाविद् प्राडा बालचन्द्र लुइँटेलले भने पढेर उपलब्धि हुनेमा सशङ्कित हुनेको जमात धेरै भएका कारण मौका परीक्षामा सहभागी हुन अरुचि देखिएको हुनसक्ने बताए।

२१ वर्षअघि परीक्षामा अनुत्तीर्ण भएकाहरू अहिले आआफ्नो पेशा व्यवसायमा लागिसकेका हुनाले पनि परीक्षा फाराम भर्ने थोरै भएको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
रघुजी पन्तले ज्ञाने ...

काठमाडौं : राप्रपा सांसद दिपकबहादुर सिंहले आफ्ना सांसद ज्ञानेन्द्रबहादुर शाहीमाथि नेकपा एमालेका सांस ...

असफल भएको गणतन्त्र ...

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री तथा सांसद धवलशमशेर राणाले लोकतान्त्रिक गणतन्त्र ...

अमेरिकाद्धारा यमनका ...

काठमाडौं । अमेरिकाले यमनका हुथी विद्रोहीमाथि हवाई आक्रमण थालेको छ । हुथी विद्रोही समूहविरुद्ध &lsquo ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2025 - Kalapanimedia.com All rights reserved