बिहीवारदेखि बालबालिकालाई कोरोनाविरुद्धको खोप, अमेरिकाबाट आएलगत्तै सातै प्रदेशमा पठाइयो

  • असार ६, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । आउँदो बिहीवारदेखि २७ जिल्लाका बालबालिकालाई लगाउन पुग्ने कोरोनाविरुद्धको खोप प्रदेशमा पठाउन थालिएको छ ।

स्वास्थ्य सेवा विभागकाअनुसार हिजो अमेरिकाबाट आएको कोभ्याक्स सुविधाअन्तर्गत पहिलो लटको २२ लाख मात्रा खोप प्रदेशमा रहेको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा पठाइएको सरकारले जनाएको हो । प्रदेश कार्यालयले जिल्लामा पठाएपछि सम्बन्धित स्वास्थ्य कार्यालयले खोप केन्द्र तोक्ने विभागले जनाएको छ ।

५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई लगाइने खोप अभियान विद्यालय केन्द्रित गर्ने तयारी छ । पहिलो चरणमा प्रदेश नम्बर १ का झापा, इलाम, सुनसरी, मोरङ मधेस प्रदेशको सप्तरी, सिरहा, धनुषा, महोत्तरी, पर्सा, वाग्मती प्रदेशको मकवानपुर, सिन्धुली, चितवन, काभ्रे, काठमाण्डौ, भक्तपुर, ललितपुर, गण्डकी प्रदेशको कास्की, नवलपरासी पूर्वमा खोप अभियान चल्नेछ ।

यस्तै लुम्बिनी प्रदेशको नवलपरासी पश्चिम, रूपन्देही, दाङ, बाँके, बर्दिया, कर्णाली प्रदेशको सुर्खेत तथा सुदूरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुर र डडेलधुरामा खोप लगाइने विभागले जनाएको छ। पहिलो मात्रा लगाएको तीन हप्तापछि दोस्रो मात्रा लगाउने तयारी छ ।

पहिलो चरणमा असार ९ गतेदेखि १५ गतेसम्म २७ जिल्ला र दोस्रो चरणमा भदौ ५ गतेदेखि ११ गतेसम्म बाँकी ५० जिल्लामा खोप अभियान सञ्चालन हुने स्वास्थ्य सेवा विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
आगामी महासंघको निर्व ...

काठमाडौं । रास्ट्र्वादी पत्रकारहरुको संगठन मिडिया नेपालले नेपाल पत्रकार महासंघको आगामी निर्वाचनमा सक ...

गगन थापा भन्छन सहकार ...

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले उपप्रधानमन्त्री तथा गृहम ...

सनराइज सहकारीका कर्म ...

चितवन । भरतपुरबाट दक्षिण–पश्चिम गीतानगर र पटिहानीको बीचमा पर्ने थारू गाउँ बरौजीका २४ वर्षीय नि ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved