काठमाडौं । रास्ट्र्वादी पत्रकारहरुको संगठन मिडिया नेपालले नेपाल पत्रकार महासंघको आगामी निर्वाचनमा सक्रियतापूर्वक सहभागिता जनाउने भएको छ ।
मिडिया नेपालका अध्यक्ष सहित काठमाडौमा बसेको बैठकले महत्वपूर्ण ४ वटा निर्णय गर्दै आगामी निर्वाचनमा सक्रियता पूर्वक सहभागीता जनाउने निर्णय गरेको मिडिया नेपालका अध्यक्ष गोपाल पौड्यालद्वारा हस्ताक्षरित विज्ञप्तीमा जनाइएको छ ।
पत्रकार महासंघको आगामी निर्वाचनमा उम्मेदवार छान्न तथा अरु संघ संगठनसँग समन्वय गर्नका लागि मिडिया नेपालले अध्यक्ष पौड्यालको संयोजकत्वमा मुकुन्द ढुंगाना र राजेन्द्र वस्नेत सदस्य रहेको समिति गठन गरेको छ ।
मिडिया नेपालले केही पदीय जिम्मेवारीसहित संस्था पुनर्गठन गर्ने पनि जनाएको छ । मिडिया नेपालले पत्रकार महासंघको निर्वाचनको सन्दर्भमा केन्द्रित भएर तत्कालै चियापान तथा भेटघाट कार्यक्रम गर्ने पनि जनाएको छ ।
पत्रकार महासंघको निर्वाचन जेष्ठ २६ गते हुँदैछ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2025 - Kalapanimedia.com All rights reserved