ध्यान दिनुहोस्, धेरै सुत्ने मानिसमा क्यानसरको जोखिम हुनसक्छ

  • असार ७, २०७९
  • कालापानी मिडिया
alt

एजेन्सीः धेरै सुत्ने मानिसमा क्यान्सरको जोखिम हुने एक अध्ययनले देखाएको छ।

जापानमा गरिएको अध्ययनअनुसार दैनिक १० घण्टाभन्दा बढी सुत्ने महिला तथा पुरुषमा क्यान्सरको जोखिम धेरै हुने गरेको पत्ता लागेको हो। नयाँ खोजले पुरुष दैनिक ६ देखि ८ घण्टा र महिला ६ देखि ९ घण्टा सुत्नु उत्तम हुने देखाएको छ।

काम गर्ने मध्यम उमेरका वयस्कहरूलाई कम्तीमा ८ देखि ९ घण्टा सुत्न अनुसन्धानकर्ताको सल्लाह छ। चार वर्ष लगाएर गरिएको अध्ययनले एशियालीहरूमा क्यान्सरको मृत्युदर उच्च रहेको देखाएको छ।

शोधकर्ताले दुई लाख ७१ हजार ६९४ जनामा अध्ययन गरेका थिए। यीमध्ये एक लाख २६ हजार ९३० पुरुष र एक लाख ४४ हजार ७६४ महिला थिए। तीमध्ये ४० हजार ७५१ जना क्यान्सरका बिरामी पनि रहेको जनाइएको छ।

अध्ययनअनुसार १० घण्टाभन्दा बढी सुत्ने महिलामा त्योभन्दा कम सुत्ने महिलाभन्दा १९ प्रतिशत बढी क्यान्सरको जोखिम देखिएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
आगामी महासंघको निर्व ...

काठमाडौं । रास्ट्र्वादी पत्रकारहरुको संगठन मिडिया नेपालले नेपाल पत्रकार महासंघको आगामी निर्वाचनमा सक ...

गगन थापा भन्छन सहकार ...

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले उपप्रधानमन्त्री तथा गृहम ...

सनराइज सहकारीका कर्म ...

चितवन । भरतपुरबाट दक्षिण–पश्चिम गीतानगर र पटिहानीको बीचमा पर्ने थारू गाउँ बरौजीका २४ वर्षीय नि ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved