डोटीमा १ अर्ब ५७ लाख रुपैयाँ भन्दा बढी बजेट फ्रीज

  • श्रावण ४, २०७९
  • कालापानी मिडिया
alt

डोटी । आर्थिक वर्ष २०७८/७९ मा डोटी जिल्लामा एक अर्ब ५७ लाख ६० हजार ३६५ रुपैयाँ बजेट फ्रीज भएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालय सिलगढी डोटीका अनुसार जिल्लामा कुल बजेटको ११ दशमलव ७७ प्रतिशत बजेट फ्रीज भएको हो ।

कोष तथा लेखा नियन्त्रण कार्यालयका सूचना अधिकारी जयदेव पन्तका अनुसार जिल्लामा पुँजीगततर्फ एक अर्ब ८४ करोड ६८ लाख १५ हजार ५०० रुपैयाँ बजेट विनियोजन भएकोमा जम्मा एक अर्ब १९ करोड ३५ लाख ८२ हजार ४४५ रुपैयाँ मात्रै खर्च भएको छ । यो रकम पुँजीगततर्फ कुल विनियोजित रकमको करिब ३५ प्रतिशत मात्रै हो ।

यसैगरी आर्थिक वर्ष २०७८०७९ का लागि जिल्ला विनियोजित ६ अर्ब ७० करोड ८ लाख ३५ हजार ९६५ रुपैयाँमध्ये ६ अर्ब ३४ करोड ८३ लाख ८ हजार ५५४ खर्च भएको छ । यो रकम कुल चालु रकमको करिब ९५ प्रतिशत हो । जिल्लामा यो अवधिमा ५८ करोड २६ लाख ७१ हजार ४७३ रुपैयाँ राजश्व सङकलन भएको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
आगामी महासंघको निर्व ...

काठमाडौं । रास्ट्र्वादी पत्रकारहरुको संगठन मिडिया नेपालले नेपाल पत्रकार महासंघको आगामी निर्वाचनमा सक ...

गगन थापा भन्छन सहकार ...

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले उपप्रधानमन्त्री तथा गृहम ...

सनराइज सहकारीका कर्म ...

चितवन । भरतपुरबाट दक्षिण–पश्चिम गीतानगर र पटिहानीको बीचमा पर्ने थारू गाउँ बरौजीका २४ वर्षीय नि ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved