बन्द हुन लागेको चीज कारखाना स्थापना

  • श्रावण १२, २०७९
  • कालापानी मिडिया
alt

इलाम । इलामको सन्दकपूर गाउँपालिका–३ बाट हटाउन लागेको चीज उद्योग स्थानीय महिला कृषकहरुले पुनःस्थापना गरेका छन् । दूध संकलन कम रहकाले दुग्ध विकास संस्थानले हटाउन थाहा पाएपछि महिला समूहका सदस्यहरुले उद्योगको पूर्वाधार निर्माण गरि पुनःस्थापना गरेका हुन् ।

सन्दकपूर ३ देउरालीमा रहेको चीज कारखाना २ वर्ष अघि नै बन्द गर्ने दुग्ध विकास संस्थानको निर्णय थियो । ७ वर्ष अघि स्थापना भएको चीज कारखानामा दूध संकलन नभएको भन्दै संस्थानले चीज उद्योग बन्द गर्ने निर्णय माई पताल महिला दुग्ध उत्पादक सहकारी संस्थाका सदस्यरुहले बन्दको निर्णय उल्ट्याए ।

चीज कारखानामा खटिने कर्मचारीका कारण अस्तव्यस्त भएको चीज कारखानामा दैनिक ५ सय लिटर दूध संकलन गर्ने प्रतिवद्धता उनीहरुले दिलाए । त्यसपछि चीज कारखानाको आफ्नै भवन निर्माणका लागि सहयोग जुटाएर भौतीक संरचना पनि तयार भयो ।
भाडाको घरमा संचालन हुँदै आएको चीज उद्योगको आफ्नै भवन निर्माणको काम घरलौरी किसानले सहयोग गरे । उद्योग पुनःस्थापना भएपछि अहिले दैनिक साढे चार सय दूध प्रशोधन हुँदै आएको चीज उत्पादन केन्द्रका प्रमुख गणेश पुरीले बताए ।

दूध संकलनका लागि महिलाहरुले किसानका घर–घरमा दुध संकलनका अनुरोध गरियो । किसानलाई दूधको गुणस्तर र मूल्यबारे जानकारी दिएपछि दूध संकलन वृद्धि हुँदै आएको छ ।

अहिले चीज उद्योगमा दैनिक ४० किलो चीज उत्पादन हुँदै आएको हो । बन्द हुन लागेको चीज उद्योग पुनः संचालन भएपछि किसानले फ्याट र एस एन एफको आधारमा प्रतिलिटर ६८ रुपैयाँसम्म मूल्य पाउँदै आएका छन् । चीज उद्योगको भौतीक संरचना निर्माणका लागि सन्दकपूर गाउँपालिकाले तीन लाख रुपैयाँ आर्थीक सहयोग गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
आगामी महासंघको निर्व ...

काठमाडौं । रास्ट्र्वादी पत्रकारहरुको संगठन मिडिया नेपालले नेपाल पत्रकार महासंघको आगामी निर्वाचनमा सक ...

गगन थापा भन्छन सहकार ...

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले उपप्रधानमन्त्री तथा गृहम ...

सनराइज सहकारीका कर्म ...

चितवन । भरतपुरबाट दक्षिण–पश्चिम गीतानगर र पटिहानीको बीचमा पर्ने थारू गाउँ बरौजीका २४ वर्षीय नि ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved