भाषा र सीप परीक्षा उतिर्णलाई शून्य लागतमा जापान पठाउने तयारी, आज मन्त्रालयमा छलफल

  • श्रावण १९, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । सरकारले नेपाली कामदारलाई शून्य लागतमा जापान पठाउने तयारी गरेको छ। भाषा र सीप परीक्षा उत्तिर्ण गरी बसेका झण्डै साढे ५ हजार युवालाई क्रमशः पठाउने विषयमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तयारी थालेको हो।

त्यसका लागि दुई देशबीच भएको समझदारीअनुसार गठित संयुक्त कार्यसमितिको दोस्रो बैठक आज बस्दैछ। विहान १० बजे बस्ने बैठकमा परीक्षा पास गरि बसेकालाई कसरी पठाउने, निजी तथा सरकारी क्षेत्रको भूमिका के हुने भन्ने विषयमा छलफल गरिने मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले जानकारी दिए।

छलफलमा सरकारका तर्फबाट मन्त्रालयका सहसचिव राजीव पोखरेलको नेतृत्वमा परराष्ट्र र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका प्रतिनिधि सम्मिलित टोली सहभागी हुनेछ। जापान सरकारका तर्फबाट सहायक उपमन्त्री चोसुमो नाकागावाको नेतृत्वमा प्रतिनिधिमण्डल सहभागी हुने प्रवक्ता घिमिरेको भनाइ छ।

संयुक्त बैठकले नेपाली नागरिकलाई जापानमा रोजगारी दिने सन्दर्भमा वृहत छलफल गरी उपयुक्त निर्णयका लागि दुवै देशका मन्त्रालयहरुमा सिफारिस गर्नेछ। सन् २०१९ मा स्पेसिफाइड स्किल वर्कर (एसएसडब्ल्यू) प्रणाली अन्तर्गत नेपालीलाई जापानमा रोजगारीका अवसर प्रदान गर्ने गरी दुई देशबीच श्रम समझदारी पत्रमा हस्ताक्षर भएको थियो। सोही समझदारी अन्तर्गत जापानका १४ वटा विभिन्न पेशागत क्षेत्रमा नेपालीले रोजगारी पाउनेछन्।

समझदारी अनुरुप सन् २०२० को संयुक्त कार्यसमितिको पहिलो बैठकको निर्णय अनुसार ८ सय ५० जना नेपालीले जापानमा केअरगिभर, कृषि, निर्माण क्षेत्र र रेष्टुरेण्टहरुमा रोजगारी प्राप्त गरि लाभ लिइरहेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
आगामी महासंघको निर्व ...

काठमाडौं । रास्ट्र्वादी पत्रकारहरुको संगठन मिडिया नेपालले नेपाल पत्रकार महासंघको आगामी निर्वाचनमा सक ...

गगन थापा भन्छन सहकार ...

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले उपप्रधानमन्त्री तथा गृहम ...

सनराइज सहकारीका कर्म ...

चितवन । भरतपुरबाट दक्षिण–पश्चिम गीतानगर र पटिहानीको बीचमा पर्ने थारू गाउँ बरौजीका २४ वर्षीय नि ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved